०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

सरकार परिवर्तनका लागी केन्द्र कुर्दै प्रदेश

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, आषाढ २०, २०८१

विराटनगर,२० असार । केन्द्रीय राजनीतिक समीकरणमा आउन लागेको फेरवदलको असर प्रदेश तहमा पनि सुरु हुन थालेको छ। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्ने सहमति जुटेपछि प्रदेश तहमा पनि हलचल सुरु हुन थालेको हो।
कुनै भवितब्य नपरे कोशी प्रदेशमा कांग्रेस प्रवेश गर्दैछ । सहमतिका आधारमा तत्काल मुख्यमन्त्री हिकमत कार्कीले नै सरकारको नेतृत्व लिने छ । आलोपालोको अवस्था पनि आउन सक्ने आंकलन गरिएको छ ।

हाल एमाले नेतृत्वको सरकारमा माओवादी महत्वपूर्ण मन्त्रालयका साथमा छ । नयाँ सत्ता समिकरणका आधारमा कोशी प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री कार्की बताउछन् । माओवादीका मन्त्रीहरुलाई सत्ता समिकरणको अवस्थालाई मध्यनजर गर्दै बाटो खुल्ला गर्न आग्रह गर्नेमा एमाले छ । सम्वन्ध स्रोतका अनुसार माओवादीले सम्हालेका मन्त्रालयमा कांग्रेसकालाई सहभागी गराइने छ । यसका लागि आन्तरिक तयारी भइरहेको सम्वन्ध नेताहरुको भनाई छ ।

कांग्रेस र एमाले मिल्दा प्रदेश संसदमा भारी बहुमत हुन्छ । कांग्रेसको २९ र एमालेबाट ४० सांसद छन् । नेपाली कांग्रेसले पनि नयाँ सरकार गठनको बारेमा केन्द्रको निर्देशन कुर्ने भएको छ। नयाँ समीकरण अनुसार प्रदेशमा सरकार बन्ने तर माथिको निर्णय मान्दै अगाडि बढ्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा उद्धव थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]