०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

विराटनगरमा जगन्नाथ रथ यात्रा: साई मन्दिरबाट शुरु, नेता पराजुलीद्वारा शुभारम्भ

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, आषाढ २४, २०८१

विराटनगर,२४ असार । विराटनगर स्थित सरोचियामा रहेको साइ मन्दिरबाट आज जगन्नाथ रथ यात्रा निकालिएको छ । जगन्नाथ रथ यात्राको स्मरण गर्दै हरेक असार महिनाको शुक्लपक्षमा विराटनगरमा पनि रथ निकालिन्छ । यसपटकको रथयात्राको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले गरेका छन् । विगत ५ वर्ष यता रथयात्रा निरन्तररुपमा निकालिन थालिएको छ । सन्तोष साइराम संरक्षक तथा साधक रहेको मन्दिरबाट रथ यात्रा निकालेर नगरका विभिन्न भागको परिक्रमा गरी साइमन्दिर लगिएको छ । यसक्रममा केन्द्रीय सदस्य पराजुली रथयात्राभर सहभागी भएका थिए । विराटनगरका विभिन्न धार्मिक समुदायका व्यक्तिहरु समेत रथयात्रामा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]