०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

बुढानीलकण्ठ माविद्वारा ४ जिपीए ल्याउने शिरिन भट्टराईलाई भव्य सम्मान

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आषाढ २६, २०८१

विराटनगर, असार २६। विराटनगर-२ स्थित बुढानीलकण्ठ माविले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी विद्यार्थी शिरिन भट्टराईलाई सम्मान गरेको छ। ४ जीपीए हासिल गरेकी भट्टराईलाई स्कुलले मंगलबार आयोजित एक भव्य कार्यक्रममा नगद रु. २५,०००, कदरपत्र र दोसल्लाले सम्मान गर्‍यो।

सम्मान कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो सफलताको श्रेय कडा मेहनत, शिक्षकहरूको मार्गदर्शन र निरन्तर अध्ययनलाई दिइन्। उनले विज्ञान संकायमा अध्ययन गर्ने तयारी गरेकी छिन् । उनले भविष्यमा चिकित्सक बन्ने लक्ष्य राखेकी छिन्

बुढानीलकण्ठ माविका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार, स्कुलबाट एसईई दिएका ८९ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। ३७ जनाले ३.६ भन्दा माथि, ३८ जनाले ३.२ भन्दा माथि, र १४ जनाले २.८ भन्दा माथिको जीपीए प्राप्त गरेका छन्। स्कुलले आफ्नो निरन्तर उत्कृष्ट नतिजाको श्रेय सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण र मेहनती शिक्षकहरूलाई दिएको छ। यस वर्षको नतिजाले बुढानीलकण्ठ मावि गुणस्तरीय शिक्षामा अग्रणी रहेको पुष्टि गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]