०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

आरोप पुष्टि नभएपछि सशस्त्र प्रहरी एसपी खड्का मोरङ फिर्ता

Logo
दिनेश खड्का प्रकाशित बिहिबार, साउन ०३, २०८१

विराटनगर, श्रावन ३ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्का आफ्नो कार्यक्षेत्रतर्फ फिर्ता भएका छन्। तस्करीको लाइन चलाएको आरोपमा उनलाई हेडक्वार्टर तानिएको थियो। तर छानबिनपछि आरोप पुष्टि नभएपछि उनलाई पुनः मोरङमा नै फिर्ता गरिएको छ।

सशस्त्र प्रहरी बल मुख्यालयले गत २० असारमा छानबिन र अनुसन्धानका लागि एसपी खड्कालाई काठमाडौं बोलाएको थियो। १० दिनको अनुसन्धानपछि उनीमाथि लागेको आरोप निराधार पाइएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी कुमार न्यौपानेका अनुसार छानबिन समितिको प्रतिवेदनले एसपी खड्कालाई निर्दोष देखाएको छ। उनले भने, “आरोप मात्रै लगाएको पाइयो। गल्ती गरेको प्रमाणित भएको भए कारबाही हुन्थ्यो।”

सीमा विभागका डीआईजी लक्ष्मणबहादुर सिंहको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो। समितिमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य थिए।

डीआईजी न्यौपानेले थप जानकारी दिँदै भने, “संगठनको नीतिभन्दा बाहिर जान मिल्दैन भन्ने कुरामा एसपी खड्कालाई सचेत गराएर फिर्ता पठाइएको हो।” आइतबारदेखि एसपी खड्काले पुनः आफ्नो जिम्मेवारी सम्हाल्ने छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]