०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

पाथीभरा माताकाे “दु:ख धेरै पाए आमा” गीत सार्वजनिक

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, साउन ०५, २०८१

विराटनगर, साउन ५ । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गीत सार्वजनिक गरेका छन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको उनीहरूले बताएका छन् । गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमा गोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ । विशाल पोख्रेल यसका निर्देशक हुन् । अभिनय तारिफयोग्य भएपनि छयाङ्कन तथा सम्पादनमा केही कमजोरीभएपनि समग्रमा भिडियो उत्कृष्ट बनेको कलाकार दंगालले बताए । पहिलो सिर्जना भएकालेपनि केही कमजोरी भएको उनले बताए ।

गीत सुन्न यँहा क्लीक गर्नुहाेस् : https://www.youtube.com/watch?v=AF3suLXvQjo

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]