२३ माघ २०८१, बुधबार
05-02-2025 , Wed
Gold Silver Price (23 Magh 2081, Wed)
Fine Gold 1 Tola NRs. 167400
Silver 1 Tola Nrs. 1990

ग्रिनल्याण्ड कलेजः नयाँ सत्र, नयाँ उत्साह

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, साउन ०७, २०८१

विराटनगर, साउन ७‍ । विराटनगर-९ स्थित ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विज्ञान र व्यवस्थापन संकायका नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो।

कलेज प्रशासनले दिएको जानकारी अनुसार यस शैक्षिक सत्रकाे विज्ञान र व्यवस्थापन संकायमा उल्लेखनीय विद्यार्थी भर्ना भएका छन्। कार्यक्रममा कलेजका निर्देशकद्वय रविन्द्र घिमिरे र शिवनारायण यादवले संस्थाको शैक्षिक गतिविधि र भविष्यका योजनाहरूबारे जानकारी गराए। त्यसैगरी, निर्देशक विपी निरौला र शिक्षक भवानी दाहालले विद्यार्थीहरूलाई शुभकामना दिँदै सफल भविष्यको कामना गरे।

कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूले पनि आफ्ना अनुभव र अपेक्षाहरू साटासाट गरे। एसईईमा उत्कृष्ट नतिजा ल्याएका गरिमा तिम्सिना (जीपीए ३.९१), लिलाकान्त झा (३.९५), अस्मिता गोइत (३.७८), आरजु पौडेल (३.६४) र सुमित चौधरी (३.७३) ले आफ्ना विचारहरू राखे।

कलेज प्रशासनले यस्ता कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरणसँग परिचित गराउन र उनीहरूको आत्मविश्वास बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, माघ  २३ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मुख्यमन्त्री आदित्यनाथसँगै भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले पनि संगमस्थलमा डुबुल्की लगाएका छन्। भुटानी नरेशले गंगा पूजा र आरती गरेका थिए। त्यसपछि अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन तथा पूजा गरेका थिए। योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट विमानमा बमरौली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सडकमार्ग […]

विराटनगर,२३ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको छ । मंगलबार विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका रिजालले खेलमैदानको तत्काल […]

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]