०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

पिउने पानीकाे संरचना बनाउने तयारीमा महेन्द्र मोरङ क्याम्पस, दाताद्वारा योजनामा हस्ताक्षर

Logo
काैशल निराैला प्रकाशित सोमबार, साउन २१, २०८१

विराटनगर,२१ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरका ११ हजार विद्यार्थीलाई पानी खुवाउने योजनामा हस्ताक्षर भएको छ । पूर्व विद्यार्थी तथा विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो योजना बनेको हो ।  हालै मात्र महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भएको एक भेलाका बीच उक्त योजनामा हस्ताक्षर भएको छ । यस योजना अन्तगत क्याम्पस  परिसर भरी पानी वितरण इकाइहरु बन्ने भएको छ ।

जसका लागि उद्योगी तथा समाजसेवी महेशकुमार,आनन्द कुमार जाजुद्वारा आफ्ना स्व. पिता रामानन्द जाजु र स्व.माता हरिपियारी जाजुको संझनामा साथै देवेनरा मुन्दडा परिवारद्वारा आफ्नो माता स्व. जमुना महेश्वरी राठीको स्मृतिमा, पवन सारडा र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई लगायतले खानेपानीको लागि वितरण इकाई, ट्याङ्की तथा त्यसका लागि आवश्यक सामाग्री खरिद तथा निर्माण गर्नेगरी संझौता भएको छ ।

यस कार्यका लागि पूर्व विद्यार्थीहरु भीम पराजुली,भीम घिमिरे लगायतले विशेष सहयोग,सहजीकरण गरेका छन् । शुद्ध खानेपानी अभावमा विद्यार्थीले पाएको सास्ती समाधान गर्न धेरै लामो समयदेखि छलफल हुदै आएपनि समस्या समाधान हुन सकेको थिएन । निर्माण दाताहरुमा सक्रियता देखिएपछि यसले मुर्तरुप पाउने अपेक्षा गरिएको छ ।

यो केही वर्षभित्रै सम्पन्न हुने लक्ष्य राखिएको छ । संझौता कार्यक्रममा स्ववियु पूर्व सभापति तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले सहयोगी कार्यमा जुट्नुहुने मनहरूलाई धन्यवाद दिएका छन् । यस्तै उद्योगी महेश जाजुले शैक्षिक क्षेत्रको धरोहरमा आफुले सहयोग गर्नपाउदा खुसी भएको बताए ।

त्यस्तै उद्योगी प्रकाश मुन्दडाले क्याम्पसका विद्यार्थीले यो जमानामा पनि शुद्ध खानेपानि खान नपाउनु विडम्बनाको विषय भएको र यसलाई समाधान गर्न आफु जागरुक भएको बताए । क्याम्पस प्रमुख डा.रामावतार शरणले क्याम्पसका सवै भौतिक पूर्वाधारहरुमा पुन निर्माणको आवश्यकता रहेको औल्याए । कार्यक्रममा उद्योगी भीम घिमिरे,डा.मोहन सुवेदी,कांग्रेस युवा नेता अरुण न्यौपाने,कृष्ण कार्की,लोकेन्द्र तिम्सिना,राजकुमार मण्डल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]