०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, नेपालकाे पुर्वीभागमा समेत धक्का महशुस

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, साउन २५, २०८१

विराटनगर, साउन २५ ।  शुक्रबार बिहान सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु सिक्किमको सोरेङआसपास रहेको थियो। स्थानीय समयअनुसार बिहान ६:५७ मा गएको यस भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ।

भूकम्पको प्रभाव व्यापक रूपमा महसुस गरिएको छ। सिक्किम र दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लाहरूमा यसको धक्का महसुस गरिएको छ ।  साथै, नेपालको पूर्वी भेगमा पनि भूकम्पको झड्का महसुस गरिएकाे छ। यसैगरी, बंगलादेश र भुटानका केही क्षेत्रहरूमा समेत भूकम्पको प्रभाव परेको जानकारी प्राप्त भएको छ। विराटनगरमा पनि भुकम्पकाे धक्का महशुस भएकाे छ  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]