०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

माछा खाएर एकै घरका तीन बालबालिकाको मृत्यु

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, साउन २९, २०८१

सिम्रौनगढ,२९ साउन । माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ। उनीहरु एकै घरका हुन् ।

सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको हो।

तीनै जनामा खाना खाएपछि अचानक स्वास्थ्यमा समस्या आएको थियो। बान्ता र झाडापाखाला लागेपछि उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा तीनै जना बालबालिकाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

किनेर ल्याइएको माछा पकाएर घरमै खाएपछि बालबालिकाको स्वास्थ्यमा समस्या आएको भनि बुझिएको र पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]