०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

२७ जिल्लामा धेरै वर्षा हुने

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, आश्विन १०, २०८१

काठमान्डौं,१० असोज । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई मंगलबादेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार ३ घण्टामा सबैभन्दा धेरै पश्चिम नवलपरासीको देउराली नवलमा ८२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रुपन्देहीको तिलोतमामा ५७ दशमलव ६ , पाल्पा अर्चलेमा ४९, मकवानपुरको मकवानपुरगढीमा ४१ दशमलव ६ २ मिलिमिटर वर्षा मापन भएको छ ।

बुधबादेखिनै मनसुनी वायुको प्रभाव अझ बढ्ने महाशाखाले जनाएको छ । सबैभन्दा बढी मनसुनी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्नेछ । ती क्षेत्रका २७ जिल्लामा भोलिदेखि धेरै वर्षा हुन सक्ने भन्दै उच्च जोखिमको सूचीमा राखिएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी उच्च जोखिमको ‘रेड जोन’मा परेका छन् । यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।

कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिममा छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]