०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

आँगन स्वीट्सलाई २ लाख जरिवाना, बाढीले भिजेको कच्चा पदार्थ, म्याद गुज्रिएको तेल प्रयाेग गरेकाे भेटियाे

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आश्विन १६, २०८१

विराटनगर, असाेज १६ । खाद्य गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएपछि प्रख्यात मिठाई उत्पादक आँगन स्वीट्सलाई वाणिज्य विभागले कारबाही गरेको छ । आकाश फुड्स कम्पनीद्वारा उत्पादित आँगन ब्राण्डका मिठाईमा गम्भीर गुणस्तर समस्या भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन दाहालका अनुसार मंगलबार गरिएको अनुगमनमा कम्पनीले बाढीले भिजेको कच्चा पदार्थ, म्याद गुज्रिएको तेल र खाद्य सामग्री प्रयोग गरी मिठाई बनाइरहेको पाईएकाे थियाे । यसका साथै एकपटक प्रयोग गरिएको तेललाई पटक-पटक प्रयोग गर्ने र तेल शुद्धीकरणमा लापरवाही गर्ने जस्ता गम्भीर कमजोरी फेला परेकाे  समेत विभागले जनाएाके छ ।

सोही दिन विभागले जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा पनि अनुगमन गरेकाे छ । त्यहाँ ब्राण्ड र उत्पादन मिति नखुलेका खाद्य सामग्री प्रयोग भएको पाइएपछि ३ लाख रुपैयाँ जरिवाना समेत गरेकाे छ । विभागले पछिल्लो समय ठूला र चर्चित ब्राण्डहरूको अनुगमनलाई तीव्रता दिएको छ, जसमा धेरै कमी-कमजोरीहरू भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]