०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

कोशी र बागमतीमा भारी वर्षा

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, आश्विन १७, २०८१

काठमाडौँ,१७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसै गरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरूमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]