०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

टीकाको शुभसाइत बिहान ११:३६ बजे, कुन कुन देशमा कति कति बजे टिका लगाउने (सुचीसहित)

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, आश्विन २५, २०८१

विराटनगर, असाेज २५ । नेपालमा टीकाको शुभसाइत बिहान ११:३६ बजे परेकाे छ । पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशहरुमा २०८१ सालको विजया दशमीमा टीका लगाउने शुभसाइत सार्वजनिक गरिसकेकाे छ।

विभिन्न देशमा फरक-फरक समयमा शुभमुहूर्त हुने भएकाले विदेशमा रहेका नेपालीहरूका लागि समितिले छुट्टै साइत निर्धारण गरिएकाेछ। स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने भएकाले नेपालको साइत विदेशका लागि मिल्दैन।

विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान रहेको छ।

 विभिन्न देशमा टिका लगाउने शुभसाइत

स्थान र देश दशमी साइत
काठमाडौ, नेपाल २६ आश्विन २०८१  प्रातः ११ः३६ बजे
देहली, भारत १२ अक्टोबर २०२४ प्रातः ११:४२ बजे
न्युयोर्क, अमेरिका १२ अक्टोबर २०२४ प्रातः १०:०१ बजे
फ्रान्क्फार्ट, केन्टकी अमेरिका १२ अक्टोबर २०२४ प्रातः १०:३१ बजे
वोवेन्सोरो, केन्टकी, अमेरिका १२ अक्टोबर २०२४ प्रातः ०९:४५ बजे
टेक्सास, अमेरिका १२ अक्टोबर २०२४ प्रातः १०:०५ बजे
वासिंगटन डिसी, अमेरिका १२ अक्टोबर २०२४ प्रातः ०९:५५ बजे
क्यालिफोर्निया, अमेरिका १२ अक्टोबर २०२४ प्रातः ०९:३९ बजे
टोरन्टो, क्यानडा १२ अक्टोबर २०२४ प्रातः १०:१५ बजे
सिड्नी, अस्ट्रेलिया १३ अक्टोबर २०२४ प्रातः ११:२१ बजे
मेलबर्न, अस्ट्रेलिया १३ अक्टोबर २०२४ प्रातः ११:२७ बजे
ब्रिसबेन, अस्ट्रेलिया १३ अक्टोबर २०२४ प्रातः ११:२९ बजे
क्यान्बेर्रा, अस्ट्रेलिया १३ अक्टोबर २०२४ प्रातः ११:१५ बजे
वेलिङ्टन, न्युजिल्यान्ड १३ अक्टोबर २०२४ प्रातः ११:२५ बजे
लिस्बन, पाेर्चुगल १२ अक्टोबर २०२४ प्रातः १०:२४ बजे
लन्डन, बेलायत १२ अक्टोबर २०२४ प्रातः १०:२१ बजे
पेरिस, फ्रान्स १२ अक्टोबर २०२४ प्रातः १०:२३ बजे
नर्वे, ओस्लो १२ अक्टोबर २०२४ प्रातः १०:१९ बजे
क्वालालम्पुर, मलेसिया १२ अक्टोबर २०२४ प्रातः ११:५७ बजे
बैंकक, थाइल्यान्ड १२ अक्टोबर २०२४ प्रातः ११:२१ बजे
सियोल, दक्षिण कोरिया १३ अक्टोबर २०२४ प्रातः ०९:१५ बजे
तेल अभिभ, इजरायल १२ अक्टोबर २०२४ प्रातः ०९:१६ बजे
सिंगापुर १२ अक्टोबर २०२४ प्रातः ११:४५ बजे
हङकङ १३ अक्टोबर २०२४ प्रातः ११:४३ बजे
रियाद, साउदी अरेबिया १२ अक्टोबर २०२४ प्रातः ११:२३ बजे
याङ्गुन, म्यानमार १२ अक्टोबर २०२४ प्रातः ११:२१ बजे
जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर २०२४ प्रातः ११:५५ बजे
माल्टा १२ अक्टोबर २०२४ प्रातः १०:४५ बजे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]