०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

दशैं बिदा सकियो, मंगलबारबाट सरकारी कार्यालय खुल्दै

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, आश्विन २९, २०८१

धरान, असाेज २९। बडादशैंको सार्वजनिक बिदा सोमबार समाप्त भएसँगै म‌ंगलबारदेखि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आउँदैछन्। तथापि, आश्विन शुक्लपक्ष त्रयोदशीको दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप मान्यजनबाट टीका र जमरा लगाउने परम्परा कायम रहनेछ।

यो वर्षको दशैं चक्र असोज ३० गते बुधबार अखिल बलिपूर्तिसम्म र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमासम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रोमा उल्लेख गरिएको छ। कोजाग्रत पूर्णिमाको राति जाग्राम बसी महालक्ष्मीको पूजा गरिन्छ, जसपछि बडादशैं औपचारिक रूपमा समापन हुन्छ।

दशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिने मात्र नभई टाढा रहेका आफन्तहरूसँग भेटघाट गर्ने अवसर पनि हो। विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म मानिसहरू आफन्तको घरमा आशीर्वाद लिन जाने गर्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]