०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

नेपालकै सबैभन्दा ठूलो हाट बजार : फुलबारी मेला

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आश्विन ३०, २०८१

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका स्टलको संख्या १०० भन्दा बढी पुग्ने आयोजकको अनुमान छ। त्यसैगरी चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टल पनि बुक भइसकेका छन्। कुल मिलाएर यस वर्षको मेलामा ४०० भन्दा बढी व्यापारीले सहभागिता जनाउने अनुमान गरिएको छ।

फुलबारी माविको खुला दश बिघा क्षेत्रफलमा लाग्ने यो ऐतिहासिक मेलाको इतिहास ५-६ दशक पुरानो छ। गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा र परम्परागत प्रदर्शनीका साथै बालबालिकाका लागि विशेष मनोरञ्जनका साधनहरू रहनेछन्। रोटीपिङ र झुलुङ्गा जस्ता पारम्परिक खेलहरूले मेलालाई थप रोमाञ्चक बनाउने छन्।मेलाको मुख्य आकर्षणको रूपमा रहेको संथाल नृत्यमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट कलाकारहरूको सहभागिता रहने छ। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई मेला समितिले नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ।

मेला प्रचार प्रसार विभागका संयोजक खेम पौडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान छ। आदिवासी समुदायबाट शुरु भएको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बन्न पुगेको छ। यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई समेत प्रतिबिम्बित गर्ने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]