२९ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

विराटनगरमा १३ औं राष्ट्रिय कर दिवस विशेष कार्यक्रमसहित सुरु

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर, मंसिर २। विराटनगरमा १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह विशेष कार्यक्रमका साथ सुरु भएको छ। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले  शनिबार प्रभातफेरी समेत आयोजना गरिएको थियो।

प्रभातफेरीमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। जसमा “समृद्ध निर्माणमा सबैको योगदान”, “यथार्थ कर, विकासको भर”, “स्वच्छ कर प्रशासन विकास र सुशासन”, “नलुकाउ आय तिरौं कर” जस्ता नारा रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राज्यको नीतिगत व्यवस्थाका कारण करको अवस्था चितबुझ्दो नभएको बताए। त्यसैगरी विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष दीपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले देशको आर्थिक अवस्था नाजुक रहेको बताउँदै यसलाई सुधार्न सरकारले विशेष पहल गर्नुपर्ने बताए। त्यस्तै आयाेजककाे तर्फबाट आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भुपाल शाक्यले कर तिर्नु नागिरककाे जिम्मेवारी भएकाे स्मरण गराएका थिए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले करदातामैत्री वातावरण निर्माण गर्दै करदातालाई कर तिर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,३० चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक […]

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]