२९ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

काेशीकाे ६ स्थानीय तहमा हुने उपनिर्वाचनकाे उम्मेदवारी दर्ता सकियो

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

म‌सिर ४,विराटनगर। मंसिर १६ को उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १५ दल र एक स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा राप्रपाका दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार चौधरी विश्वास, एमालेका तुलसीराम विश्वास, जसपाका धर्मेन्द्रकुमार चौधरी, कांग्रेसका बलराम सरदार, माओवादी केन्द्रका नमोनारायण माझी, मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनका भरत राई, नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी र जनमत पार्टीका विनोदकुमार माझी उम्मेदवार छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास, एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा, राप्रपा नेपालका राजु मुसहर, जसपा नेपालका सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र एमालेका असन्तुष्ट नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। आईतवार

सुनसरीको गढी गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ। एमालेका सन्तु उराँव, जसपा र माओवादी केन्द्रका संयुक्त उम्मेदवार कुशेश्वर खेरवार यादव, कांग्रेसका तेतर साह, एकीकृत समाजवादीका डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीका तेजनारायण मुसहर, राप्रपा नेपालकी कविता कुमारी उराँव, राप्रपाका बच्चालाल अरगिरया यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका शशि कुमार साह, जनमत पार्टीका सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीका योगनारायण ऋषिदेव र स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहता उम्मेदवार छन्।

झापाको कनकाई नगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च, जनमत पार्टी र एक स्वतन्त्र गरी ९ जनाको उम्मेदवारी परेको छ।

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ५ को वडाध्यक्ष पदका लागि एमालेका गंगाबहादुर तामाङ, कांग्रेसका घनश्याम दाहाल, माओवादी केन्द्रका मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेल, राप्रपाका चन्द्रमणी दाहाल, जसपाका इन्द्र बहादुर दर्जी र स्वतन्त्र उम्मेदवार हेम बहादुर सुनुवार र दिप प्रसाद दाहाल गरी ८ जना उम्मेदवार छन्।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं. ३ को वडाध्यक्ष पदका लागि कांग्रेसका भीमकुमार लक्सम्बा लिम्बू, एमालेकी कुमारी साउदेन, माओवादी केन्द्रका अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रनध्वोज काङ्भा गरी ५ जना उम्मेदवार छन्।

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. ८ को वडाध्यक्ष पदका लागि कांग्रेसका नगेन्द्र लिम्बू, एमालेका बुद्ध बहादुर लिम्बू, माओवादी केन्द्रका कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्का, राप्रपाका रत्न बहादुर श्रीपाली, एकीकृत समाजवादीका प्रेम बहादुर खड्का र स्वतन्त्र उम्मेदवार उक्त बहादुर लिम्बू र बसन्त लिम्बू गरी ८ जना उम्मेदवार छन्।

आईतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनको समय छुट्याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,३० चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक […]

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]