२९ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

लैङ्गिक हिंसाविरुद्ध बिराटनगरमा बृहत् जागरण र्‍याली

Logo
आकृति रानी फुयल प्रकाशित मंगलबार, मंसिर ११, २०८१

विराटनगर, मंसिर ११ ।
बिराटनगर महानगरपालिकाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको पहिलो दिन सोमबार विशेष कार्यक्रम सम्पन्न भएको छ। “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसाको अन्त्यका लागि एकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पञ्चेबाजासहितको बृहत् जनचेतनामूलक र्‍याली निकालिएको थियो।

गैसस महासंघ कोशी प्रदेश, मानव अधिकार सञ्जाल र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को समन्वयमा आयोजित र्‍यालीमा अपाङ्गता क्षेत्रका संघसंस्था, विद्यालय, राजनीतिक दल, नगर बाल सञ्जाल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

महानगर परिसरबाट सुरु भएको र्‍याली सिडियो कार्यालय, हस्पिटल चोक, जलजला रोड हुँदै महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको समापनमा उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले लैङ्गिक हिंसाबाट पुरुष पनि पीडित हुने गरेको उल्लेख गर्दै पीडितहरूलाई न्यायिक समितिमा सम्पर्क गर्न आग्रह गर्नुभयो। उहाँले न्यायिक समिति पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,३० चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक […]

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]