२९ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा तीन जनाको उम्मेद्वारी, पाठक, कट्टेल र बस्नेत भिड्दै

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर, म‌सिर २७ । नेपाल पत्रकार महासंघ मोरङको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । जसमा प्रेस चौतारी, प्रेस युनियन र संघीय प्रेस मञ्चको तर्फबाट सुशीला पाठक, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनको तर्फबाट नवराज कट्टेल र प्रेस युनियनको विद्रोही टिमको तर्फबाट भोजराज बस्नेतले उम्मेद्वारी दिएका हुन् । मंसिर २८ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन भएको हो ।

यस्तै खुल्ला उपाध्यक्षमा उत्तम पोखरेल, प्रशान्त निरौला, सन्तोष सिग्देल र सरोज बस्नेत, उपाध्यक्ष महिलामा बिनु तिम्सिना, तारा आचार्य र रञ्जिता पोखरेल, सचिवमा अनिल श्रेष्ठ र नेत्र पि अधिकारी, सहसचिव खुलामा प्रेम देवान (लुङ्गा), तेजन खड्का, रेवतीरमण निरौला, सुरेश अधिकारी, सोनुकुमार दास र हरिहर नेपाल छन् । समावेशी सहसचिवमा भने नवीनचन्द्र कर्ण र श्याम सुन्दर सुतिहारको उम्मेद्वारी पर्दा कोषाध्यक्षमा कौशल निरौला र पदम कुमार सरदार (बाँतर)को उम्मेद्वार परेको छ ।
यस्तै महिला सदस्यमा उषाकुमारी सरदार र नम्रता न्यौपाने, दलित सदस्यमा तिलक नेपाली र पुजन दास, आदिवासी जनजाति सदस्यमा लीलानाथ गच्छदार र विद्यानन्द चौधरी, मधेशी सदस्यमा रामप्रेम यादव र सुनिल यादव, अन्य समावेशी सदस्यमा डुमरलाल मेहता र बाबुराम मुडियारी रहेका छन् ।

खुल्ला ६ सदस्यका लागि भने अनुज सापकोटा, इश्वर दुलाल, कुमार खड्का, देवराज तामाङ, पवन विक्रम साह, बाबुराम निरौला, माधवप्रसाद काफ्ले, मुकेशकुमार यादव, मोहनप्रसाद ढकाल, राजेशकुमार राजवंशी, रोशन पोखरेल र सन्तोष मेहता रहेका छन् ।

पाँच जना केन्द्रीय परिषद सदस्यका लागि अर्जुन जम्नेली राई, गोकुल पराजुली, चिना थापा, तेजेन्द्रबहादुर भण्डारी, विक्रम लुइँटेल, विजयकुमार पाठक, शङ्कर लुइँटेल, सुभाष कार्की र रुपेन्द्र शेर्मा रहेका छन् । यस्तै १३ जना प्रदेश परिषद सदस्यका लागि अर्जुनकुमार आचार्य, केशरबहादुर चौहान, गोपाल पोखरेल, चुमनकुमार बस्नेत, जीतेन्द्र नारायण ठाकुर, ज्योती चौहान, दिनेशकुमार पोखरेल, पुष्पराज थपलिया, भूमिका पाख्रिन, भोजराज घिमिरे, मनोजकुमार मेहता, विनोद सुवेदी, बेदराज पौडेल, सन्तोष गौतम र सुमन घिमिरे रहेका छन् ।

उक्त उम्मेद्वारीबारे दाबी विरोधका लागि बिहीबार बिहान ८ बजेसम्मका लागि समय दिइएको छ । यस्तै उम्मेद्वारी फिर्ताको समय बिहीबार बिहान ८ः३० बजेसम्म र अन्तिम नामावली प्रकाशन बिहीबार बिहान १० बजेसम्मको समय राखिएको छ । मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,३० चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक […]

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]