विराटनगर,९ पुष । काँग्रेसका युवा नेता प्रबिण जोशी नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश (ख) को कोषाध्यक्षमा मनोनित भएका छन् । उक्त क्षेत्रका सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (विमल) ले मनोनित गरेको पत्र शुक्रबार जोशीलाई प्रदान गरेका थिए ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष ,समाजसेवी एबं सफल ब्याबसायी समेत रहेका जोशी विराटनगरका युवामाझ लोकप्रिय छन् । यो क्षेत्र डा.शेखर कोइरालाको क्षेत्र पनि हो । यो क्षेत्रमा जोशीलाई जिम्मेबारी प्रदान गरिनुलाई महत्वका साथ हेरिएको छ । उनी मनोनित भएसंगै कार्यकर्तामाझबाट सामाजिक सन्जालमा शुभकामनाको ओइरो लागेको छ ।