२३ पुष २०८१, मंगलबार
07-01-2025 , Tue

७ दिनभित्र निःशुल्क उपचार गरेको प्रतिवेदन पेश गर्न निजी अस्पताललाई पत्राचार

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, पुष २१, २०८१

विराटनगर, २१ पुस ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका हुन् । स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

यस्तै निःशुल्क तथा आंशिक सेवा लिने बिरामीहरुको व्यवस्थित रुपले अभिलेख राख्ने र सोको विवरण मासिक, चौमासिक र वार्षिक रुपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्नु पर्ने व्यवस्था छ । यसका साथै निःशुल्क तथा आंशिक सेवा लिएका व्याक्तिहरुको विवरण देखिने गरी टास्नु पर्ने व्यवस्था पनि छ ।

‘उल्लेखित व्यवस्था बमोजिमको कार्य नगरेको र नगराईएको अवस्थामा स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को परिच्छेद ११ मा संचालन अनुमति नवीकरण हुन नसक्ने अवस्था र खारेजी सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । सोहि सम्बन्धमा, तहाँ अस्पतालमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गरेको विवरण, अभिलेख तथा प्रतिवेदन मासिक, चौमासिक र बार्षिक रुपमा तयार गरी सम्बन्धित निकायमा पेश गरेको प्रमाणित कागजात पत्राचार गरिएको मितिबाट लागु हुने गरी सात दिन भित्र यस मन्त्रालयमा पेश गर्नु हुन आदेशानुसार अनुरोध छ,’ सबै अस्पतालालाई गरिएको पत्राचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमान्डौं,२१ पुस । बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् । हिमालकाे सफल आराेहण […]

विराटनगर, २१ पुस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका हुन् । स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, […]

विराटनगर,१८ पुस । / विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा […]