२५ पुष २०८१, बिहिबार
09-01-2025 , Thu

विराट एक्स्पो माघ ११ गतेदेखि २० गतेसम्म

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, पुष २३, २०८१

विराटनगर,२३ पुस । उद्योग संगठन मोरङले विराटनगरमा विराट एक्स्पो २०२५ को आयोजना गर्ने भएको छ । विराटनगर वडा नं. १४ जतुवामा रहेको डिग्री क्याम्पसको मैदानमा एक्स्पो हुनेछ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक उद्योग संगठन मोरङले एक्स्पो भव्य रूपमा सम्पन्न हुने जानकारी दिएको छ ।

जसका लागि संगठनका उपाध्यक्ष भोलेश्वर दुलाललाई संयोजक र कार्यकारिणी समितिका सदस्य पारस लुनियालाई सहसंयोजकको जिम्मेवारी तोकेको छ । पत्रकार सम्मेलनमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो माघ २० गतेसम्म सञ्चालनमा रहने जानकारी दिए । उनले अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पोमा ९ वटा पेभिलियन अन्तर्गत २ सय ६८ वटा स्टल रहने बताए ।

डिजिटल कोशी बिल्डिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट नाराका साथ सञ्चालन हुने एक्स्पोमा २६८ वटा स्टलहरु रहनेछन् । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका गरी व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० स्टल,विराट बजार बिटुबीका १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ स्टल, रोजगार कोशीका १२ स्टल, अटोमोबाइल्सका २० स्टल, औद्योगिक तर्फ ७५ स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईजका ७५ स्टल, खाद्यका १० स्टल र प्रयोजकका १२ स्टल रहनेछन् ।

संगठनका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले सवैको सहयोगमा मेला सम्पन्न हुनेमा आशावादी रहेको बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, पुष २४ । सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर अमरलाल धामीले आफ्नो कार्यकुशलता र प्रतिबद्धताको माध्यमबाट संस्थाको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन्। स्नातक तहसम्मको शिक्षा हासिल गरेका धामीले कम्पनीमा आबद्ध भएको एक वर्षमै एमडीआरटीको उपलब्धि हासिल गरेका छन्। उनले बीमा क्षेत्रका चुनौती र अवसरहरूलाई व्यवहारिक रूपमा सम्बोधन गर्दै आएका छन्। बीमा क्षेत्रका विभिन्न चुनौतीहरू […]

विराटनगर,२३ पुस / विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ । सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका […]

विराटनगर,२३ पुस । उद्योग संगठन मोरङले विराटनगरमा विराट एक्स्पो २०२५ को आयोजना गर्ने भएको छ । विराटनगर वडा नं. १४ जतुवामा रहेको डिग्री क्याम्पसको मैदानमा एक्स्पो हुनेछ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक उद्योग संगठन मोरङले एक्स्पो भव्य रूपमा सम्पन्न हुने जानकारी दिएको छ । जसका लागि संगठनका उपाध्यक्ष भोलेश्वर दुलाललाई संयोजक र कार्यकारिणी समितिका सदस्य […]