२१ माघ २०८१, सोमबार
03-02-2025 , Mon
Gold Silver Price (21 Magh 2081, Mon)
Fine Gold 1 Tola NRs. 163300
Silver 1 Tola Nrs. 1910

विराट एक्स्पो सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, माघ २१, २०८१

विराटनगर, २१ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ ।
उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आइतबार समापन कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताउनु भएको हो । स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धी कायम हुने धारणा व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनामा आकर्षण वृद्धि भएको चर्चा गर्दै प्रदेश सरकार उद्योग स्थापनाका लागि आवश्यक नीति, कानूनको व्यवस्था गर्नुका साथै उद्यमीहरुसँग सहकार्य गर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी २०८२ वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनका लागि तयारी शुरु गरेको जानकारी दिदै यसको सफलताका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।
सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चीतका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीहरुलाई आग्रह गर्नु भयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन यो एक्स्पोले निकै मद्दत पु¥याएको बताउनु भयो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रका बजार चलायमान गर्न एक्स्पोले सहयोग गरेको बताउनु भयो । यही माघ १२ गतेदेखि एक्स्पो सञ्चालन भएको थियो । एक्स्पोमा २६८ बटा स्टलमा स्वदेशी तथा भारत, बङ्लादेश, पाकिस्तानका उत्पादनहरु राखिएको थियो ।
एक्स्पोमा स्वदेशी तथा छिमेकी भारतीय नागरिक गरी दुई लाख ५० हजारले अवलोकन गरेको अनुमान आयोजकको छ । कार्यक्रममा उद्यमी तथा व्यवसायीहरुलाई सम्मान समेत गरिएको उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दु राठीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २१ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ । उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आइतबार समापन कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताउनु भएको हो । स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धी कायम हुने धारणा व्यक्त गर्नु भयो […]

विराटनगर,१७ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्ने वताएका छन् । बुधबार कृष्णप्रसाद कोइराला सेवागुठी तथा सि.टि.इ.भि.टि को साझेदारीमा सञ्चालित शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकको २३ औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा वोल्दै डा.कोइरालाले यस्तो वताएका हुन् । उनले अहिले पनि राज्यले प्राविधिक शिक्षा दिने संस्थाहरुमा समुचित लगानी गर्न नसकेको […]

विराटनगर, माघ १६। बालबालिकामा डिजिटल लत र भर्चुअल अटिजम रोक्ने उद्देश्यका साथ विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलले डिजिटल साक्षरता पाठ्यक्रम सुरु गर्ने भएको छ ।बालबालिकामा बढ्दो डिजिटल लत र यसबाट उत्पन्न हुनसक्ने भर्चुअल अटिजमको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम नै सुरु गर्न लागेको हो । सानै उमेरदेखि बढ्दो `स्मार्टफोन र ट्याब्लेटको प्रयोगले बालबालिकामा […]