२८ फाल्गुण २०८१, बुधबार
12-03-2025 , Wed
Gold Silver Price (25 Fagun 2081, SUN)
Fine Gold 1 Tola NRs. 170800
Silver 1 Tola Nrs. 2000

विराटनगरमा किशोरीहरुलाई “सेल्फ डिफेन्स” तालिम

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

विराटनगर,४ फाल्गुन । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मारक्षा र हिंसा रोक्नको लागि प्रदेशभरी यस्तो कार्यक्रम सुरु हुने बताए । कानुनी र संवैधानिक कुराहरुको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराउने उनले बताए । कोशी प्रदेशको राजधानी विराटनगरबाट यस्तो कार्यक्रमको सुरुवात भएको उनले बताए । विस्तारै अरु जिल्लाहरुमा पनि सेल्फ डिफेन्स तालिम सुरु हुने सदस्य सचिव बस्नेतले जानकारी दिए । ‘हामीले दुई खण्डमा कार्यक्रम विभाजन गरिएको छ । यसैसँग जोडेर योगाको कार्यक्रम पनि छुट्टै गर्ने तयारी गरिएको छ । तराइमा धेरै महिला हिंसाको घटनाहरु हुने गरेको छ । हिंसा न्यूनिकरणको लागि स्कुलका विद्यार्थीहरुलाई समेटेर कार्यक्रम आयोजना गरिएको हो,’ सदस्य सचिव बस्नेतले भने ।

कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डको सदस्य थलुराज भण्डारी, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले हिंसा रोकथाम र नियन्त्रणको लागि महिलाहरुलाई सेल्फ डिफेन्स तालिम आवश्यक रहेको बताए । उनीहरुले तालिमको सिकेको ज्ञान साथीहरुलाई पनि सिकाएर हिंसा रोकथाम र नियन्त्रण गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य शान्ता जोशीले सेल्फ डिफेन्स तालिमले किशोरीहरुलाई आत्मरक्षा र सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताइन् । ‘हिंसा न्यूनीकरणको लागि महिलाहरुलाई आत्मरक्षा तालिम जरूरी रहेको छ । आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो । यसले पीडकलाई तुरुन्तै रोक्न सघाउँछ । कसरी आफूलाई हिंसाबाट बचाउने र स्वस्थकर जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यो तीन दिने सेल्फ डिफेन्स तालिम हामीले आयोजना गरेको छौं,’ उनले भनिन् ।

कार्यक्रमको अध्यक्षता गरेकी समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले किशोरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिइन् । तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन उनले आग्रह गरिन् । आइतबारसम्म संचालन हुने उक्त तालिममा १३ वटा विद्यालयका एक सय बढी किशोरीहरुको सहभागि रहेको अध्यक्ष डाँगीले बताइन् । तालिमको प्रशिक्षकहरुमा सुजता बस्नेत, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट आएका प्रहरी निरीक्षकको टोली रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।  स्थानीय अगुवा त्रिलोचन गौतमका […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]