२८ फाल्गुण २०८१, बुधबार
12-03-2025 , Wed
Gold Silver Price (25 Fagun 2081, SUN)
Fine Gold 1 Tola NRs. 170800
Silver 1 Tola Nrs. 2000

बेलुन विष्फोट घटनाबारे छानबिन गर्न समिति गठन

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

काठमाण्डौं ,५ फाल्गुन । शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ ।

मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेको समिति गठन गरिएको हो । समितिमा एक जना विष्फोटक पदार्थविज्ञसमेत सदस्यका रुपमा रहने व्यवस्था गरिएको छ ।

समारोहमा बेलुन उडाउने क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् । उनीहरु दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । छानबिन समिति गठन गरेपछि गृहमन्त्री लेखक बर्न अस्पताल पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।  स्थानीय अगुवा त्रिलोचन गौतमका […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]