०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

युवामा रहेको प्रतिभा प्रस्फुटन गराउन “हामी युवा” सक्रिय

Logo
प्रकाशित बुधबार, आश्विन ०१, २०७६

विराटनगर, भाद्र ३१
विराटनगरमा युवाहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन सक्रिय विराटनगरको हामी युवा नामक संस्थाको आयोजनामा मेरो भविष्य मेरो हातमा विषयक सामुदायिक विद्यालयस्तरीय वकितत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विराटनगर क्षेत्रका सामुदायिक विद्यालयका ३१ जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट पाँच जनाले पुरस्कार प्राप्त गरेका छन् । संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार वितरण गरेको थियो ।

अध्यक्ष कार्की

जसमा गायत्री संस्कृत माविकी सीमा पाथीभरा प्रजा प्रथम भइन । अन्य चारजना विजयीमा रीना काम जनपथ मावि, दिप तामाङ जनता नमूना मावि, कुमकुम मिश्र आदर्श बालिका मावि र सुरज मुर्मु आदर्श मावि का छन् ।
प्रतियोगिताको उत्कृष्टलाई नगद २ हजार, अन्यलाई १ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो । संस्थाकी अध्यक्ष जीना कार्कीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको निर्णायक पत्रकार कुमार लुइँटेल, बहिरा मावि विराटनगरकी प्रधानाध्यापक मिनु दाहाल र रेडियोकर्मी लिना थापा थिए ।
अध्यक्ष कार्कीले सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको प्रतिभा परीक्षणसंगै उनीहरुलाई अवसर प्रदान गर्न यस किसिमको प्रतियोगिता आयोजना गरिएको बताइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]