
काठमाडाैं, चैत ५ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा मंगलबार स्ववियु निर्वाचनको मतदान सुरु भएको छ। काठमाडौं, धरान, नेपालगन्ज, पोखरा र पाल्पालगायतका क्याम्पसहरूमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ।
राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी समूहले निर्वाचनमा भाग लिएका छन्। दुई आंगिक र ८५ सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु पहिले नै निर्विरोध निर्वाचित भइसकेको छ।
केन्द्रीय क्याम्पस कीर्तिपुरमा चैत ८ र पद्मकन्यामा चैत ७ मा निर्वाचन हुनेछ। १५ भन्दा बढी आंगिक क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन अनिश्चित छ।