१७ चैत्र २०८१, सोमबार
31-03-2025 , Mon
Gold Silver Price (15 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 176700
Silver 1 Tola Nrs. 2055

सरकारी अधिकारी र मन्त्रीबीच मेतभेद: लोड सेडिङ घरघरमा हुने की उद्योगमा मात्र?

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र ०६, २०८१

काठमाडाैं, चैत ७ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि नेपालमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। विशेषगरी औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ। यही बीच ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विद्युत् कटौतीको विषयमा मतभिन्नता देखिएको छ।

ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा स्पष्ट रूपमा उल्लेख गरे कि “अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ।” उनका अनुसार भारतबाट ८३० मेगावाट बिजुली आयात र १,००० मेगावाट मात्रै आन्तरिक उत्पादन भएकाले यस्तो अवस्था सिर्जना भएको हो।

तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने आमजनताको घरमा लोडसेडिङ नहुने दाबी गरेका छन्। उनको भनाइमा बक्यौता नतिर्ने उद्योगहरूलाई प्राथमिकतामा राखी राति बिजुली कटौती गरेर भए पनि घरघरमा बिजुली पुर्‍याइने छ। “कुलेखानी र अन्य अर्धजलाशययुक्त आयोजना साँझ र राति मात्रै चलाइरहेका छौं। आन्तरिक उत्पादन नै राति १२०० मेगावाटभन्दा बढी हुन्छ।” घिसिङले भने। स्राेत अनुसार भारतले चैत ३ देखि दिनको १२ घण्टा मात्रै बिजुली आयात गर्न दिएको कारण यस्तो समस्या सिर्जना भएको हो। साँझको समयमा आयात गर्न नपाउँदा बिजुली व्यवस्थापनमा चुनौती थपिएको छ।

प्राधिकरणका अनुसार हाल १,९३५ मेगावाट आन्तरिक माग रहेकोमा १,४६१ मेगावाट आन्तरिक उत्पादन र १०० मेगावाट आयात भइरहेको छ। तर माग र आपूर्तिबीचको अन्तरले औद्योगिक क्षेत्रमा चरम समस्या सिर्जना गरेको छ। वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीहरूले उत्पादन ५० प्रतिशतसम्म घटेको र बिजुली ट्रिपिङको समस्याले उद्योग थप प्रभावित भएको गुनासो गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १५ चैत ।  आज काठमाडौंमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो । देशमा प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै उनीहरु व्यवस्था जोगाउन र सरकारको गलत क्रियाकलापको खबरदारीका रुपमा सडकमा […]

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, १२ चैत । मोरङ प्रहरीले विराटनगर यातायात कार्यालय अगाडि बिचौलियाको रूपमा काम गर्ने १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि यी व्यक्तिहरू पक्राउ गरिएका हुन्। पक्राउ परेकाहरूमा विराटनगर महानगरपालिका-३ का ४१ वर्षीय सञ्जीव कोइराला, सोही वडाका २४ वर्षीय राजेश खड्का, २५ वर्षीय […]