
काठमाडौं ,७ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार गोरखा जाँदैछन्। शाह गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेका हुन्।
उनले भोलि गोरखकाली विशेष पूजा गर्ने तयारी रहेको स्रोतले जनाएको छ। पूजाका लागि प्रो डा. जगमान गुरुङको टोली त्यहाँ पुगिसकेको छ।गोरखा दरबार भनेको श्री ५ हरुको आफ्नो घर, आफ्नो दरबार हो साथै कुलदेवी हुन् ।