सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दुःखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै न कुनै बहाना चाहियो भन्छन् अनि दन्काइ हाल्छन् ।
रक्सीले परिवार विगार्छ । रक्सी श्रीमान् श्रीमति विचको भिलेन हो । यसरी रक्सी खाने पुरुषका श्रीमती र छोराछोरी पिडित छन् । श्रीमतीलाई ठगेर, ढाटेर र झुक्याएर रक्सी खान्छन्् । रक्सी खाने श्रीमान्को बानीले श्रीमतीले छाडेर जाने गरेको पनि देखिन्छ । बाउले रक्सी खायो भने छोराछोरीको पढाइ विग्रन्छ र छोरा छोरीले कुबाटो समात्छन् । छोरा छोरीले रक्सी खायो भने बाउ आमाको बैचैनी हुन्छ ।
ज्वाँइले रक्सी खायो भने छोरीको बिजोक हुन्छ । कतिपय पुरुषहरु रक्सी खाएर भूइमा खुट्टा नटेकिने गरी घरमा आयो अनि श्रीमति संग झगडा ग–यो । श्रीमति र छोराछोरी कुट्यो । भोलीपल्ट विहान उठेर पश्चाताप गरो अनि बेलुकी फेरी त्यही धन्दा ग–यो । महिलाको बाध्यता छ कि जस्ता श्रीमान् परे पनि सहनु पर्ने, रक्सी खाएर जे जे गरे पनि बेहोर्नु पर्ने । रक्सी खाएर सवैतिर समस्या मात्र बढने गरेको देखिन्छ । रक्सी संग नाता गास्दा सामाजिक विकृतीमा बढोत्तरी हुन्छ । पारिवारिक ममता र प्रेम सम्वन्धलाई विगार्न पनि सक्छ ।
रक्सीले देश नै विगार्छ । राज्य सत्तामा भएका वा त्यसका घुपौरेहरु हरेक साझ होटलमा रक्सी खादै सेटिङ्ग गर्छन् । नेपालमा नेता, कर्मचारी देखी सवैलाई जो जो संग काम लिन छ सवैलाई रक्सी खुवाएर नै किन्छन र सेटिङ गर्छन् । भ्रष्ट कर्मचारीहरु हरेक दिन रक्सीमा रमाउछन् । आफू त बिग्रिए अरुलाई पनि दःख दिन्छन् । विभिन्न पेशाका मान्छेहरुले कसरी कमाई गर्ने भनेर चिन्तन समेत रक्सीकै आडमा गर्छन । डाक्टरहरु आज कति विरामीलाई लुटियो भोली कसरी अरु लुटने भनी हिसाव किताव रक्सी खादै गर्छन् ।
नव व्यापारी प्राध्यापकहरु र शिक्षकहरु धेरै विद्यार्थी बेवकुफ बनाएर भर्ना गरियो भनेर रक्सी खान्छन् । देशका काजी देखी पाची सम्म, देश हाक्ने देखि नन्दि भृगी र धुपौरे सम्म नेतादेखी जनता सम्म श्रीपेच वेगरका राजा देखी रैति सम्म सवै बेलुका भए पछि भट्टी मा नै भेटिन्छन् । यी सवै रक्सी खान्छन् र देश र जनातालाई कसरी लुटने भनेर सेटिङ गर्छन ।
रक्सीले मृत्युबरण गराँउछ । रक्सी प्रायः अरुले खुवाउने हुँदा नाइटाले पटना देखुन्जेल खान्छन् र मातेर भूइमा खुट्टा टेक्दैनन् । त्यसपछि सवारी साधन लिएर हिडछन् । नहिड भन्दा मान्दैनन् । रक्सीले उन्माद भएको बेला कसैले भनेको मान्दैनन् । अलिपर पुगेर सवारी साधन दुर्घटनामा पर्छ र रक्सीया हेर्दा हेर्दै मर्छ । कतिको जीवन भरी घाइते भएर बाँच्नु पर्ने अवस्था छ । रक्सीका कारण मान्छेको बहुमुल्य ज्यान सम्म जाने हुदा यो स्वयम व्यक्तिका लागि घातक हुन्छ ।
रक्सी खाने भन्दा पनि यहाँ त रक्सीमा डुब्नेहरु धेरै छन् । मानिसले रक्सी खाए त राम्रै हुन्थ्यो तर जव रक्सीले मान्छेलाई खान्छ तव सवै कुरा बर्बाद हुन्छ । रक्सियाहरु बहुत ठुला कलाकार हुन्छन किनकी उनीहरु रक्सी खानु अघि रक्सी खानका लागि र रक्सी खाएपछि भूत बर्तमान र भविश्यको बारेमा भुक्ने गर्छन । रक्सियाहरु झुट बोल्ने मामलामा माहिर हुन्छन् । त्यसमा पनि श्रीमति संग त सो–ह्रै आना झुट बोल्छन ।
रक्सी खाइ सकेपछि रक्सियाको मुख अनेक प्रकारको हुन्छ । कसैको बाघे मुख हुन्छ । जसको यस्तो मुख हुन्छ त्यो अरु संग झगडा मात्र गर्छ । कसैको कुकुर मुख हुन्छ । जसको यस्तो मुख हुन्छ उ मुखले बोलेको बोल्लै गर्छ । बोलेर कहिलै थाक्दैन । कसैको सुगुरे मुख हुन्छ । यस्तो मुख हुने रुन्छन वा चुपो लागेर बस्छन् । रक्सीका यस्ता अनेक साइड इफेक्टहरु हुन्छन् । जुन व्यक्ति पिच्छे फरक फरक ढंगले प्रर्दशित हुने गर्दछ ।
रक्सीको सदुपयोग गरेमा राम्रै हुन्छ । रक्सी कतिपय रोगको औषधीको रुपमा पनि प्रयोग गरिन्छ । तर नेपालमा रक्सीको चरम दुरुपयोग छ । ठिक्क खादा हुनेमा रक्सीमा नै पौडि खेल्नु पर्ने संस्कार छ । त्यसमा पनि सित्तैमा खान पाए त खायो खायो बरु उल्टी गरो र बाटो छेउमा रातभर नालीमा सुतो । त्यसपछि कुकुरले पानी चढाउछ अनि होसमा आयो र घर गयो । यस्तो दुराअवस्था र दुगर्ति भोग्नु पर्ने हुन्छ रक्सियाले ।
यहाँ धेरैले रक्सी खाएर घर परिवार, समाज र देशलाई घोका दिइ रहेका छन् । रक्सीलाई नेपाली समाजले अझै पनि सकारात्मक दृष्टिकोणले हेर्दैन । रक्सी खानेलाई धेरैले मन पराउदैनन् । रक्सी खानेलाई विभिन्न उपनाम पनि दिएका हुन्छन् । रक्सियालाई संसारमा सवै भन्दा प्यारो लाग्छ रक्सी बरु ब्राण्ड भने आर्थिक अवस्था अनुसार निर्धारित हुन्छ । परिवार र समाजमा झगडाको मुल कारण नै रक्सी हुन्छ । परिवारीक र सामाजिक विखण्डन ल्याउन रक्सीले प्रमुख भूमिका खेल्छ ।
रक्सी खादै नखानु भन्ने आशय हैन तर आर्थिक अवस्था र परिस्थितीलाई हेरेर खानु राम्रो हुन्छ । थोरै खानु सवैका लागि राम्रो हुन्छ । एडिक्सनको रुपमा रक्सी खानु राम्रो हैन । रक्सी खाएर परिवार र समाजलाई असर पु–याउनु, होहल्ला गर्नु अपराध हो । रक्सीले घरवार र समाज विगार्नु भन्दा बरु नखाएर घर परिवार र समाज सपार्नु नै राम्रो हुन्छ । रक्सी खाएर उत्तेजक भई लोक हसाउनु राम्रो होइन । सित्तैमा भेटे भनेर विरामी हुन्जेल खानु पनि राम्रो होइन । रक्सी खुवान्जेल र खाउन्जेल साथी भाई दाहिना हुन्छन् । नभएको दिन दुश्मन हुन्छन् । त्यसैले रक्सीको सदुपयोग गरौ दुरुपयोग हैन ।