टिप्पणी
✍ दिनेश खड्का
विराटनगर, असोज १६
अहिले विराटनगरका सडकहरु जतातेतै मर्मत भईरहेको छ । दशैको बेला छ भिडभाड पनि उत्तिकै छ । प्राय विराटनगरको मुख्य बजारहरु अहिले मान्छे र सावारी सधानले भरिएका हुन्छन् । सडक मर्मतको काम भईरहेकाले भिड व्यवस्था गर्न ट्राफिक प्रहरीलाई चुनौती छ ।
अरु सडकहरुभन्दा पनि तिनपनै देखि ट्राफिक चौक अति नै भिड हुन्छ । सिटिरिक्सा, मोटरसाईकल, भ्यान, कारको खचाखच । बडा दशै मुखमै आउनु लागि सक्यो भिड हुनु स्वाभाविक पनि हो । नगरवासी दशैको तयारीको लागी बिहानदेखि बुलुकैसम्म सपिङमा जुटेका हुन्छन् ।
बजारमा चहलपहल बढैसँगै अहिले यहाँका ट्राफिक प्रहरीलाई भिड व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको छ । भिडका कारण यात्रुहरुले घण्टौंसम्म जाममा अड्कनु परेको छ । भिड व्यवस्थापन गर्नु प्रहरीको मात्र जिम्मेवारी हैन, यात्रुहरुको पनि दायित्व हो । जाम भए आखिरमा दुःख झल्नु पर्ने यात्रुले नै हो ।
यहाँ यात्रुहरुमा विषेशगरी ट्राफिक चेतनाको कमी देखिएको छ । कतिले त थाहा पाइपाई पनि ट्राफिक नियमहरु मिची रहेका हुन्छन् । त्यस्तालाई राज्यले कानुनी पाठ सिकाउनु सक्नुपर्दछ ।
खासगरी यहाँको चालकहरुले आफ्नो लेनभन्दा बाहिर गएर सावरी हाँकीदीदा जामको समस्या उत्पन्न हुने गरेको छ । । यहाँका चालकमा लेनमा सवारी साधन कुदाउनुपर्छ भन्ने सस्कारको अझै विकास हुन सकेको छैन । सबैतिर भने यस्तो छैन् । काठमाडौंमा लेन एउटा संस्कार मात्र नभएर अनिवार्य नियम पनि हो । त्यहाँ कसैले लेन क्रस गरे उम्केर भाग्न पाउने चान्स छैन् । सिधा प्रन्ध सयको जरिवाना हुन्छ । तर विराटनगरमा भने लेन क्रस गर्नु गैर कानुनी कार्य हो भन्ने कतिपय चालकहरुलाई थाहा पनि छैन । थाहा होस् पनि कसरी यस अपराधका लागी यहाँ चालकलाई दण्डीत गर्ने चलन नै छैन । न त लेनको विषयमा कसैले जनचेतनानै फैलाएको छ । लेन क्रस गर्नेलाई ट्राफिक प्रहरीले एकपटक कार्यलाय लगेर सचेत समेत गराए फेरी फेरी उसले यो गल्ती दोह्रोराउदैन थियो । तर यस्तो अभियास छैन विराटनगरमा ।
नेपालमा कानुनः पनि लेन एउटा संस्कार मात्र नभएर अनिवार्य पालन गर्नु पर्ने ट्रफिक नियम नै हो । विकासित मुलुकहरुमा यस्तो शिल्ली काम कसैले नगर्ने हुनाले लेनलाई संस्कार रुपमा परिभाषित गर्ने गरेको पाईन्छ । तर नेपालमा र नेपालजस्तै अन्य थुप्रै देशहरुमा लेनको सस्कारलाई यात्रुहरुले नटेरीदिदा यसलाई कानुनको रुपमा दर्ज गर्नु परेको छ ।
मोरङको ट्राफिक प्रहरी प्रमुख शिव पोखरेल भने यस विषयमा स्ट्रिक देखिन्छन् । उनी आफु सडकमा उभिएको बेला लेन क्रस गर्नेलाई पुनः भिडको पुच्छारमा पु-याइदिने गरेका छन् । तर अरु ट्राफिक प्रहरीहरुले भने यस कुरामा खासै चासो दिएको देखिदैन । सायद ट्रेनिङ र निर्देशनको कमी हुनुपर्छ । प्रमुख पोखरेलले लेन कडीकडाउ गर्ने विषयमा मताहातका प्रहरीलाई स्पष्ट निर्देशन दिनसक्नु पर्दछ । अनी मात्र विराटनगरको जाम घट्नेछ ।
यहाँका पैदल यात्रुमा समेत ट्राफिक सचेतनाको कमी देखिएको छ । फुटपाथमा हिड्नुपर्छ भन्ने ज्ञान यहाँ पैदल यात्रुमा छैन । सचेतना भएकाले पनि फराकिलो सडकमा हिड्न पाएपछि ज्ञानको किताब किन खोल्थे र रु फुथपाथ कतिपय ठाँउहरुमा, व्यापारीले ओगटिदिदा पदैल यात्रुलाई सडकमा हिड्नु पर्ने बाध्यता पनि छ । व्यापारीले फुथपाथ ओगट्ने, पैदल यात्रुले सडक ओगट्ने हो भने सावरीसधानहरु हावा उडाउनु बाहेकको कुनै विकल्प छैन् ।