०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

जागिर चाहियो ? सफल जबमा सम्पर्क गर्नुस्

Logo
प्रकाशित शुक्रबार, आश्विन १७, २०७६

विराटनगर, आसोज १७

देशमा बेरोजगारी छ, बेरोजगारी अन्त्यका लागी सरकारी तबरबाट प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भईरहेको छ । सरकारसँगसँगै निजि क्षेत्रपनि राष्ट्रको बेरोजगारी अन्त्य गर्नतर्फ लागि परेका छन् । जसको ज्वलन्त उदारण बनेको छ विराटनगरको सफल जब सेन्टर ।
सफल जब संचालनमा आएको करीब एक वर्ष भएको छ । यो अवधिमा यस सेन्टरले विराटनगर र आसपासमा क्षेत्रमा रहेका ५ सयभन्दा बढी बेरोजारहरुलाई रोजगारी प्रधान गरिसकेको छ ।
सफल जबले विभिन्न उद्योग, फर्म, पसल र विभिन्न सेन्टरमा आवश्यक कार्मचारीको सुचना संकलन गर्ने गर्दछ । अर्को तर्फ जागिर खोज्दै आउनेलाई आफुले गर्न चाहेको कामबारे फारम भर्न लगाउने गरेको छ । यदी मागकर्ताको आवश्यकता अनुसार कसैको आवेदन मेल खाए, रोेजगारदाता र जागिर खाने चाहने बिच मेलामिलाप गराउने काम सफल जबले गर्दै आएको छ । सफल जबले हालसम्म विभिन्न उद्योग तथा कार्यलयमा मजदुर, कार्यलय सहयोगी, रिसेप्सन, लेखापाल देखि व्यावस्थापकसम्मको पदमा जागिर दिईसकेको बताउँछ ।

सफल जबका अध्यक्ष सन्दिप निरौला भन्छन् “हामीले रोजगारदाता र रोजगारकर्ता बिच पुलको काम गरिरहेका छौं, यो पुलले एक वर्षको अन्तरालमा ५ सयभन्दा बढी बेरोजगारलाई रोजगारदातासम्मको गन्त्व्यमा पु-याईसकेको छ, अहिले पनि थुप्रै मानिसहरुले दिएको आवेदनको थक्की हामी कहाँ छ, हामी सकेसम्म रोजगार दातासँग मेल गराउने प्रयासमा छौं”

हाल सफल जबले विराटनगरको भृकुटी चौकमा आफ्नो कार्यलय संचालन गरीरहेको छ । उक्त कार्यलयमा दैनिक दर्जन भन्दा बढी मान्छेहरु जागिरको खोजी गर्दै आउने गरको सफल जबका आर्का संचालक एवं प्रबन्ध निर्देशक लोकनाथ अधिकारीको भनाई छ । उनीहरुसँग आफुले गर्न चाहेको कामबारे फर्म भर्न लगाउने र कसैले त्यसअनुसारको कामदार माग गरे उनीहरुलाई फोन सम्पर्क गरी रोजगारदातासँग भेट गराउने गरेको अधिकारी बताउँछन् ।
संचालकमध्येकै अर्का सरोज रेग्मी रोजगार माग्ने आउने धेरैमा शिपको कमी देखिएको बताउछन् । त्यसलाई मध्यनजर गर्दै निकट भविष्यमा सफल जबले ट्रेनिङ सेन्टर समेत संचालनमा ल्याउने योजना बनाएको रेग्मी बताउछन् ।
कर्मचारीको आवश्यताबारे सफल जबले आफ्नो अधिकारीक फेसबुक पेजमार्फत समेत जानकारी गराउने गरेको छ । यदी कसैलाई जागिरको आवश्यकता भए कुनै पनि हिचकाहट बिना सफल जबको कार्यलयमा सम्पर्क गर्न संचालकहरुको आग्रह छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]