विराटनगर,असोज २२
ओमनमा चलिरहेको पाँच देशिय टि २० श्रिङ्गखलाको साँतौ खेलमा आज नेपालले आयरलेड बिरुद्ध खेल्ने छ । नेपाल र आयरलेडको यस अघि २०१५ टि २० विश्व कपको कुलिफायरमा आमना–सामना भएको थियो । उक्त खेलमा नेपाल हार वेर्होरेको थियो ।
हाल चलिरहेको श्रिङ्गखलामा नेपालले हङ्गकङ्ग र नेदरलेन्डलाई पाराजित गर्दै चार अङ्क सहित खेल तालीकाको तेस्रो स्थानमा छ । तिन खेल खेलेको आयरलेन्डले यसअघि ओमन, हङ्गकङ्ग र नेदरलेन्डको सामना गरिसकेको छ । आयरलेन्ड भने दुई जित र एक हारसँगै खेल तालीकाको दोस्रो स्थानमा छ ।
नेपालले भोली आयोजक राष्ट्र ओमन संग सामना गर्नेछ ।