१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

विराटनगरमा “दाज्जु” को चिया पसल

तन्दुर चिया, मट्का चिया अनि अलैंची चिया विशेषता
Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

विराटनगर,असोज २५

नामले नै आकर्षित गर्ने गरी विराटनगरमा संचालनमा आएको “दाज्जु” चिया पसल अहिले चिया पारखीको लागी जमघट गर्ने थलो भएको छ । एक पटक चाखेपछि जिब्रोमै चियाको स्वाद झुण्डिने गरेको यहाँ आउने ग्राहकहरुले प्रतिक्रिया दिने गरेका छन् । उक्त पसलमा ६ थरीका दुधका चिया र ९ थरीका विना दुधको चिया उपलब्ध छ । मट्का, तन्दुर र अलैंची चिया यहाँको विषेशता हो । यहाँ माटोको भाडामा दिइने चियालाई मट्का चिया भन्ने गरिएको छ । उक्त चियामा नरिवलको धुलो समेत छरिएको हुन्छ । त्यस्तै तस्दुर चियामा, पहिला माटोको भाडालाई कोइलामा सेकेर त्यसमा चिया हाल्ने गरिन्छ जसको स्वाद अन्य चियाभन्दा अत्यन्तै फरक हुने गरेको चाख्नेहरु बताउछन् । दाज्जु चिया पसलको रेगुलर कस्टमर अरुण पुरी भन्छन् “पहिलो पटक चाख्दा नै चियाको स्वाद मेरो जिब्रोमा झुण्डियो, यहाँको चिया मलाई लत जस्तो नै भईसक्यो हरेक दिन चिया पिउन यही नै आउने गर्छु ”

चिया खाएपश्च्यात माटोको भाडोमा ग्राहकहरुले फिड-ब्याक दिन सक्ने वा सिग्नेचर गर्ने सक्ने व्यवस्था समेत मिलाईएको छ । कतिपय आउने जोडिहरुले माटोको भाडामा लबको चित्र बनाई संगोल नाम लेख्ने गरेका छन् । उक्त कोरिएका भाडालाई एक वर्षसम्म सम्झना स्वरुप रेष्टुरेन्टले आफ्नो डिसप्ले -याकमा सबैले देख्ने गरी राख्ने गरेको छ ।

विराटनगरको आर्दश विद्यालयको पछाडिको सडकमा अवस्थित दाज्जै चिया पसल आसोज १२ गते बाट संचालनमा आएको हो । संचालकद्धय दुर्गेश घिमिरे र सुमन खड्काद्धरा संचालित उक्त चिया पसलमा बिहानदेखि बेलुकैसम्म चिया पिउनेहहरुको खचाखच भिड हुने गर्दछ । संचालक दुर्गेश घिमेरेका भन्छन् “चिया सबै तिर पाउने चिज हो, पसलैपिछे चियाको स्वाद फरक हुने गर्दछ सोही करण विराटनगरवासीले चियाको असली स्वाद अहिलेसम्म थाहा पाउन सकेका छैनन्”  उनले थपे “हाम्रो उद्देश्य स्वादमा अलमलिएका विराटनगरवासीलाई चियाको असिल स्वादसँग परिचित गराउने हो  ”

संचालक : बाँया दुर्गेश दाया सुमन

उक्त रेष्टुरेन्ट संचालनको लागी हालसम्म पाचिँस लाख रुपैया लगानी भएको आर्का संचालक सुमन खड्का बताउँछन् । लगानी थोरै भएपनि आफुले गरेको मेहनतको कारण कामले सफलता पाएको खड्काको भनाई छ । हाल दाज्जु चिया पसलमा दैनिक डेढ सय देखि दुई सयसम्म ग्राहक आउने गरका छन् भने दैनिक बिक्रि १२ देखि १५ हजार सम्म हुने गरको छ । उक्त रेष्टुरेन्ट संचालनको लागी कुक, वेटर र एकाउण्टेन्ट सहित ८ जना कर्मचारीलाई नियुक्ती गरिएको छ । संचालकद्धय घिमिरे र खड्का आफै पनि रेष्टुरेन्टको सबै काम भिड्ने गर्दछन् ।
दाज्जु चिया पसलमा चिया बाहेक चिकेन विंग, हट–डग, बर्गर, निम्की, फ्राइज, सेलरोटी, खजुरी, पकौडा र स्यान्डविंच पाउने गरको छ । खानेकुरामा बर्गर र विंग्स यस रेष्टुरेन्टको स्पेशल आईटम रहेकाले एक पटक स्वाद चाख्नको लागी भएपनि दाज्जु चिया पसल आउनु हुन सबै विराटनगरवासीलाई संचालक दुर्गेश घिमिरेले आग्रह गरेका छन् ।
संचालक घिमिरले कुकिङमा डिप्लोमा गरिसकेको छन् भने विभिन्न देशहरुमा गई ठुला ठुला रेष्टुरेष्टहरुमा कुकिङ संबन्धि अनुभव बटुलिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]