०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

अब बन्छ विराटनगर

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

विराटनगर,कार्तिक १
महानगरमा बाटोघाटोको लथालिङ अवस्था देख्दा अहिले प्राय विराटनगरवासीले प्रश्न गर्ने गरेका छन् “कहिले बन्छ विराटनगर ?”  यसको जवाफ दिनका लागी अहिले विराटनगरका मेयर भिम पराजुली र उनको टोली तत्पर भएर लागेका छन् ।
परिणामतः केहि दिनदेखि विराटनगरमा निर्माणको कार्यले द्रुत गति पाएको छ । जसले, अब विराटनगरले चाँडै नै मुहार फेर्ने संकेत समेत दिएको छ । अहिले विराटनगरमा भईरहेको निर्माणको गतिलाई हेर्दा सहजै अनुमान गर्न सकिन्छ अब विराटनगर बन्न धेरै समय लाग्ने छैन ।
आठोट लिएर काम गरे सबै कुरा संभव छ भन्ने अहिले विराटनगरका मेयर भिम पराजुलीले काम गरेरै उदारण दिईरहेका छन् । विराटनगरको जलजला चौक देखि ट्राफिक चौकको सडक काम थालिएको तिनदिन नबित्दै सम्पन्न हुन लागिसकेको छ । यही तिन दिन भित्र यो सडकलाई उत्खनन गरी ढलका पाईपीङहरु चेकजाच गरी सम्याउने काम समेत भईसकेको छ । बिजुली तथा टेलिफोनको पोलहरुपनि तिनदिनभित्रै व्यवस्थतित गरिसकिएको छ । यही गति अनुसार जाने हो भने अबकोे एकआत दिनमा बजारका सबै सडक पिच समेत भईसक्नेछ ।
मेयरका प्रेस संयोजक कौशल निरौला, अबको एक महिना भित्र विराटनगरले पुर्ण रुपमा मुहार फेर्ने दाबी गर्छन् । निरौला भन्छन् “अब बढीमा एक महिना दुःख हो, जुन तरिकाले काम भईरहेको छ हेर्दै जानुस् विराटनगरले चाँडै नै मुहार फेर्ने छ”

रातको १ बजे सडक निर्माण कार्यको स्थलगत अवलोकन गर्दै विराटनगरका मेयर

 

 

 

 

 

विराटनगरका निर्माणाधिन सडकहरु यथासिघ्र सम्पन्न गर्ने अहिले मेयर पराजुली स्वयम दिन रात फिल्डमा खटिने गरेका छन् । मेयर पराजुलीले अबेर रातसम्म पनि विराटनगरमा सडक निर्माणको कामलाई अघि बढाएका छन् । उनी रात एक बजेसम्म सडक निर्माणको काम भईरहेको छ\छैन भन्ने विषयमा प्रत्यक्ष निरिक्षण गर्ने गरेका छन् ।
भर्खरै मात्र विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले तिहार अघिनै विराटनगरको सबै सडकहरु बनीसक्ने विराटनगरवासीलाई प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धतालाई साकार तुल्याउन अहिले मेयर पराजुली लागी परेका छन् । उनले यस अघि पनि दशै अगवै निमार्णको काम सम्पन्न गरिसक्ने बताएका थिए । तर अविरल आएको वर्षाको कारण काम फत्ते हुन सकेको थिएन् । तर यसपटक भने आफुले गरेको प्रतिवद्धतालाई पुरा गरेरै छाड्ने अठोट लिएर मेयरले काम अघि बढाईरहेका छन् । यो गतिलाई हेर्न हो भने,चाँडै नै विराटनगर बनी सक्ने सजिलै आँकलन गर्न सकिन्छ ।

मेयरका स्वकीय सचिव त्रिभुशन गिरीका अनुसार तिहारसम्ममा विराटनगरको मेनरोड, हस्पिटल चौक, उच्च अदालत, न्युरो हस्पिटलको भित्री र बाहिरी बाटो बनिसक्ने बताउछन् ।
मेयर पराजुलीले जनचर्चासँग कुरा गर्दै तिहारसम्ममा विराटनगर बजारका सबै सडकहरु बनी सक्ने र त्यसपश्च्यात अन्य सडकहरु पनि द्रुत गतिमा निमार्ण गरिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]