
विराटनगर, कार्तिक ७
संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तेजलाल कर्णले संविधान संशोधन गराएर सवै समुदायको समान हक र अधिकार स्थापीत गर्नुपर्नेमा जोड दिए । संघिय समाजवादी फोरम नेपाल भद्रपुर नगर कमिटिको बिहीबार भद्रपुरमा भएको भेलामा उनले यस्तो बताएका हुन् ।

नेता कर्ण
कार्यक्रममा बोल्दै उनले मुलुकमा संघीय गणतन्त्र संस्थागत गर्न पार्टी समाजवादी पार्टी मात्र भएकाले सवै उत्पीडन र असमान्ता अन्त नभएर सम्म निरन्तरण संघर्ष गर्ने बताए । ठुलो शक्ति समाजवादी पार्टी बन्ने भएकाले जनताको हरेक समस्यालाई आफ्नो समस्या बुझेर सहयोग गर्न कार्यकर्ताहरुलाई उनले निर्देशन दिए ।
भद्रपुरको अध्यक्षमा चौधरी
पार्टीको केन्द्रीय सदस्य तेजलाल कर्णको प्रमुख अतिथिमा भद्रपुरमा भएको भेलाबाट संघिय समाजवादी फोरम नेपाल भद्रपुर नगर समितिको अध्यक्षमा शत्रुधन चौधरी निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा चार जना रहेका छन् । उपाध्यक्षहरूमा सुमद कामती, सरस्वती कुन्दवा, दिपेश रणपहैली रहेका छन् । सचिवमा डुकपा राई, सहसचिबमा पिङ्गकी मण्डल र कोषाध्यक्षमा विकास गुप्ता रहेका छन् ।
समितिका अन्य सदस्यहरूमा राजेश गुप्ता , राकेश राजवंशी, अजय कर्ण, अमेश चौधरी ,लकर सहनी, लक्ष्मण महतो लगायतका रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य पृथ्वी नारायण कार्की र झापा जिल्ला अध्यक्ष दिपेन वाला राई लगायतकाले शुभकामना दिएका थिए ।