२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

सेलो आयल प्रयोग गर्दै हुनुहुन्छ? सावधान !

सुर्यमुखीको बिउसँगै किरा फ्टयाङ्ग्रा पनि पिसिन्छ
Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

विराटनगर, कार्तिक ९
बागमती आयल ईण्डसट्रिजको उत्पादन सेलो सनफ्लावर आयल (सूर्यमुखी तेल)मा अखाद्यय वस्तु मिसावट भएको पाईएको छ । मोरङको कटहरी गाउपालिकामा रहेको उक्त उद्योगमा तेल बनाउन प्रयोग गरिने सुर्यमुखि फुलको बीउसँगै कीरा, फ्टयाङ्ग्रा समेत मिसिएको पाईएको छ । त्यससँगै बिउमा मुसा, छुछुन्द्रा लगाएत जिवजन्तुको विष्टा दिशा समेत मिसिएको भेटिएको छ ।

बिउमा मिसिएका फोहरहरु

तेल बनाउदा उक्त उद्योगले बिउलाई समान्य सरसफाई समेत नगरी कीरा, फ्टयाङ्ग्रा र अन्य जिवजन्तुको विष्टा सिहत पिसाउने गरेको पाइएको हो । त्यसका साथै बिउमा धुलो, माटो र कट्कीका प्रशस्तै टुक्रा टुक्रिहरु समेत भेटिएका छन् ।

संचालक विवेक राठी

साहकारीले खान मिल्ने कि नमिल्ने ?

सेलो आयल नेपालका वैष्णव, प्रामणी, जैनी जस्ता किहल्यै मासंआहार ग्रहण नगर्ने धर्मालम्बीहरुले समेत प्रयोग गर्ने गरेका छन् । तर यसरी किरा फट्याङग्रा सहित पिसिएको तेल साहकारी हो वा मांसहारी ? यस्तो तेल धार्मिक व्यक्तिले प्रयोग गर्ने मिल्ने वा नमिलने, यो सोचनिय विषय बनेको छ ।
धार्मिक व्यक्तित्वले मात्र नभएर समान्य मानिसको मनले पनि त्यस्तो तेल खान रुचाउदैन । त्यसमाथि धुलो मैलौ फोहर र मुसा तथा अन्य जिवको विष्ट मिसिएको तेल सेवन गर्नु स्वास्थयको लागी पनि लाभदायी होइन ।

उपकरणमा फोहरको लेदो
उक्त उद्योगको तेल पिस्ने उपकरणहरु समेत निकै फोहर छ । बिउ पिस्ने मिसिनमा फोहरको लेदो जमिसकेता पनि वर्षौ देखि साफा गरिएको छैन् । उद्योगले सोही लेदोसँगै बिउहरुलाई पन्ने गरेको पाईएको छ ।

उपकरणमा फोहर

सेलो आयलको उद्योगमा सरसफाईको कुरालाई फिटिक्कै ध्यान दिएको पाईन्दैन् । कामदारले चप्पल लगाएरै विउमा टेकी रहेका हुन्छन् । सोही विउलाई पछि तेल बनाउन प्रयोग गरिने गरेको छ ।
उक्त विषयलाई लिएर सरकारका नियामक निकायहरुले खासै चासो दिएको पाईदैन् । यो त एक प्रतिनिधि घटना मात्र हो, नेपालको प्राय सवै तेल उद्योगहरुमा यस्तो किसिमको लापरवाही भईरहेको स्रोतको दावी छ ।

 

चप्पल लगाएरै विउमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]