०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

ईराकीको जन्मोत्सव : १०५ छात्रालाई उपहार 

हेरक वर्ष समाजिक कार्य गरी जन्मोत्सव मनाउँछन् ईराकी
Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

विराटनगर, कार्तिक १९
विराटनगरका युवा अभियानता चांद इराकीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । बर्थ–डे–वोई इराकीले बिराटनगरको रानीस्थित जोहरा लिल मोमिनात मदरसाका सम्पुर्ण विद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । मुस्लिम धर्मावलम्बी छात्राहरुले मात्र अध्ययन गर्ने उक्त मदरसामा हाल १०५ विद्यार्थी छन् ।
हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक काममा गरेर मनाउने गरेको र आगामी वर्षहरुमा पनि यो कामलाई निरन्तरता दिने ईराकी बताउँछन् । उनले जिवनको हरेक उत्सव सामाजिक काम गरेर मनाउन युवाहरुलाई पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]