०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

“क्‍वाटरमा  बसेर गाँजा ताने जस्तो होईन, डाक्टरसँग चेकअप गराउनुस्”

मेयरका स्वकिय सचिव र पुर्व प्रमुख प्रशासकिय अधिकृतविच फेसबुकमा भनाभन
Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

विराटनगर, कार्तिक २१
विराटनगर महानगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत कुमार दहाल र मेयरका स्वकिय सचिव त्रिभुसन गिरी विच फेसबुकमा भनाभन भएको छ । गिरीले आफ्नो फेसबुकमा पोष्ट गरेको समाचारमा पुर्व प्रशाकिय अधिकृत दहालले नकारात्मक टिप्पणी गरेपछि गिरी आक्रोशित बनेका थिए । गिरीले केहि दिनअघि आफ्नो व्यक्तिगत फेसबुकमा ‘मेयरले महानगरको सुख संवृद्धिका लागी लिएको’ छठ व्रर्तको समाचार पोष्ट गरेका थिए ।

गिरीले आफ्नो फेसबुकमा पोष्ट गरेको समाचार

उक्त पोष्टमा कुमार दहालले विराटनगरका मेयर भिम पारजुलीलाई ईंगित गर्दै “अघोरी बाबा पनि सोसल मिडिया पपुलर हुन्छन् । काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर” भन्दै नकारात्मक कमेन्ट गरेका थिए । प्रतिउत्तरमा मेयरका स्वकिय सचिव गिरीले “महानगरको बारेमा नकारात्मक कमेन्ट गर्ने तपाई को हो ? क्‍वाटरमा बसेर गाँजा तानेको जस्तो होईन, जानुस गएर मानसिक डाक्टरसँग चेकअप गराउनुस् भनेका थिए”
त्रिभुसनले दिएको प्रतिउत्तरसँगै कुमार दहालको चरित्र बारे नँया रहस्य उद्घाटन भएको छ । गिरीले  घुमाउरो पारामा क्‍वाटरमा बसेर दहालले गाँजा फुक्ने गरेको कमेन्टमा भनेका छन् । नेपालमा गाँजा प्रतिबन्धित चिज हो । यदी गिरीले लगाएको आरोप सही हो भने कुमार दहाल एक मिनेट पनि सरकारी अहोदामा बस्न योग्य मान्छे होइन । यसको विषयमा सरकारले छानविन गर्न अतिआवश्यक छ ।
अर्कोतर्फ कुमार दाहलले दिएको प्रतिक्रिया मर्यादा विपरित भएको जानकारहरु बताउछन् । कुनैपनि सरकारी अहोदामा बाहल रहेको व्यक्तिले जनप्रतिनिधीको काम–कारवाहीलाई ठाडै टिप्पणी गर्नु मर्यादा विपरीत हुने जानकारहरुको भनाई छ । विराटनगरमै कार्यकारी प्रमुख रहि सकेका दहालले आफ्नै प्रमुखको विषयमा नकारात्मक टिप्पणी गर्दा उनको नैतिकतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

गाँजा तानेको र मर्यादाको विवादमा मुछिएपछि कुमार दहालले आफुले गरेको कमेन्ट डिलिट गरेका छन् ।

९ महिनासम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत कुमार दहालको २०७५ साल फागुनमा विराटनगरवाट सरुवा भएको थियो । उनी महानगरमा रहदा समेत पटक पटक विवादमा तानिएका थिए । जनप्रतिनिधिहरुले गरेको काममा पटक पटक हस्तक्षेप गर्ने गरेको उनलाई आरोप लगारहन्थ्यो । उनले एकपटक महानगरको बोर्ड बैठक चलिरहेको बेला एक वडा अध्यक्षसँग हात हालहाल गरेर समेत विवादमा तानिएका थिए ।
फगुनमा सरुवा भएर उनी महानिर्देशक रुपमा यतायात व्यवस्था विभाग पुगे । त्यहा पुगेपछि पनि उनी उनको स्वाभावमा परिवर्तन आएन । पटक पटक मन्त्री स्तरवाट आएको निर्णयलाई नै हस्तक्षेप गर्नेगरी उनले कामकारवाही गर्न थालेपछि कुमार विभागमा समेत छ महिना पनि टिक्न सकेनन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]