२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

धितो २ करोड, ऋण १० करोड

बैंकका सिइओ सहित विराटनगरका रेशु र नरेन्द्र अग्रवाल मुछिए विवादमा
Logo
प्रकाशित बिहिबार, कार्तिक २८, २०७६

विराटनगर, कार्तिक २८
बिराटनगरबाट संचालित पार्थ इन्टरनेशनल कम्पनीले लिएको १० करोडको कर्जा शंकास्पद भएको पाईएको छ ।
उक्त लोन पास गर्ने नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत (सिइओ) जानेन्द्र ढुंगानालाई राष्ट्र बैंकले केरकार गर्न थालेपछि उक्त कुरा बाहिर आएको हो । उक्त विषयमा राष्ट्र बैंकले ढुंगानालाई गत भदौमा नै प्रष्टिकरण सोधिसकेको छ ।
पार्थ इन्टरनेशनलले १ करोड ८९ लाख रुपैयाँ भ्यालु भएको सम्पत्ति बैंकमा धितो राखेको थियो । उक्त धितोमा ९ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत भयो ।
उक्त कम्पनी रेशु अग्रवालको नामा दर्ता छ । अग्रवाल गृहीणी हुन् , व्यवसायी होईनन् । यी सबै खेलको पछि उनको श्रीमान् नरेन्द्र अग्रवालको हात छ भन्ने स्रोत बताउँछ ।
पार्थ इन्टरनेशनल २०७५ असार २० गते बाणिज्य कार्यलय विराटनगरमा दर्ता भएको थियो । कम्पनी दर्ता भएको २ हप्ता बित्न नपाउदै नेपाल बंगलादेश बैंकले ९ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत गरेको थियो ।
धितो भन्दा पाँच गुणा बढी ऋण दिईनु र आवेदन दिएको १० दिन बित्न नपाउदै ऋण पास हुनुमा राष्ट्र बैंकले आशंका व्यक्त गरेको छ ।
विवाद बाहिर आएपछि हाल नरेन्द्र अग्रवाल सम्पर्क बिहिन बनेका छन् ।

स्रोत : क्लिकमाण्डू डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]