२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

ज्याकेटको मुल्य २१० रुपैया मात्र ! कर छल्ने काइदा यस्तो

आनन्द भोपालका कर छल्नेको अब्बल सुचीमा
Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

दिनेश खड्का
काठमाडौं, पुष १०
काठमाडौं महानगरपालिका अन्तर्गत न्युरोडस्थित आरबी कम्पेलेक्सका कपडा होलसेल व्यापारीहरुले व्यापाक कर छली गर्ने गरेको पाईएको छ । उनीहरुले नेपालका विभिन्न ठाँउका खुद्रा व्यापारीहरुलाई लत्ताकपडा बेचबिखन गर्दा कम मुल्यको बिजकहरु जारी गरी कर छल्ने गरेको पाईएको हो । न्युरोड लगाएत काठमाडौंका अन्य स्थानहरुमा पनि यस्ता खाले कर छलीको कारोबार हुने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार होलसेल व्यापारीहरुले जारी गर्ने बिलमा समानको मुल्य ७० प्रतिशत भन्दा कम हुनु गरेको पाईएको छ । त्यसो गर्दा होलसेल व्यापारीहरुले ७० प्रतिशतसम्म कर छली गर्न मौका पाउदछन् । जनचर्चालाई प्राप्त केही त्यस्ता बिलहरुमा समानहरुको मुल्य अपत्यारीलो छ । प्राप्त बिलहरुमा ज्याकेटको २१० रुपैयाँ, बिनकल टिर्सट (भेष्ट) ८५ रुपैयाँ, विन्ड चिटर ३२५ रुपैयाँ, टाउजर १२० रुपैयाँ, जम्फर ४०० रुपैयाँ मुल्य उल्लेख भएको पाईएको छ । जुन असली समानको मुल्यभन्दा ७० प्रतिशत कम हो र किन्ने खुद्रा व्यापारीलाई पनि ७० प्रतिशत कमकै बिल दिइने गरेको पाईएको छ ।
१ लाख बराबरको एक बिलमा उनीहरुले १० हजार रुपैयाँ सम्म कर छली गर्ने गरेका छन् । एक वर्षभरीमा ठुला व्यापारीले दशऔं हजार बिल काट्ने गर्दछन् । यसरी हेर्ने हो भने उनीहरुले वर्षभरीमा राज्यलाई करोडौंको राजस्व छली गर्ने गरेका छन् ।
स्रोतका अनुसार काठमाडौंका व्यापारी आनन्द भोपालक कर छली गर्ने अब्बल सुचीमा छन् । उनी कर छली गरेर विगतका केही वर्षमै काठमाडौंको हाईप्रापईल एरिया घरघडेरी जोड्न र बैंकमा करोरडौं बैंक व्यालेन्स डिपोजिट गर्न सफल भईसकेका छन् । दाजुको व्यापार चम्कीएपछि उनका भाई अरुणले पनि काठमाडौंमा यही धन्धा शुरु गरिसकेका छन् ।
न्युरोडमै राजस्वको कार्यलयको शाखा रहेता भने उक्त विषयमा भने कार्यलय बेखबर रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]