२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

लुक्न सकेन उपसचिव राजेन्द्रको भष्ट्रचार

केहि समय अघि अर्थकै उपसचिव कृष्णबहादुर विरुद्ध पनि परेको थियो भष्ट्रचारको मुद्दा
Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

विराटनगर, पुष १८
विगतमा विराटनगर भंसारका अधिकृत समेत रहेका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध साढे ४ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ढुङ्गाना १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका थिए । ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ खर्च तथा लगानी गरेका अख्तियारको छानबिनमा देखिएको छ ।
उनले त्यस अवधिमा ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्रै वैध रुपमा आम्दानी गरेको देखिएको छ । उनले लगानी तथा खर्च गरेको ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत खुल्न सकेको छैन् ।
अख्तियारका अनुसार ढुङ्गानाले आफ्नी श्रीमती मघु कोइरालाका नाममा समेत चल तथा अचल सम्पत्ति खरिद गरेका छन् ।
अख्तियारले विषेश अदालतमा ढुङ्गानाविरुद्ध विगोअनुसार जरिवानाका र अवैध रुपमा आर्जिक सम्पत्ति जफतका साथै २ वर्ष कैद सजाय समेत मागदाबी गरेको छ । त्यसका साथै ढुङ्गानाकी श्रीमती मधुको नाममा कायम भएको संशकित सम्पत्ति जफतको समेत अख्तियारले मागदाबी गरेको छ ।
केहि समय अघि अर्थमन्त्रालयकै उपसचिव एवं विराटनगर भन्सारका पुर्व प्रमुख कृष्ण बहादुर बस्नेतविरुद्ध पनि १० करोडभन्दा बढी अवैध सम्पति आर्जन गरेको भष्ट्रचार मुद्दा अख्तियारले दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]