काठमाडौं, चैत्र १
चर्को मुल्यमा सर्जिकल मास्क बच्न खोज्ने ८ जना कालोबजारी आज काठमाडौमा पक्राउ परेका छन् । उनीहरुबाट ७८ हजार पिस सर्जिकल मास्क समेत बरामद गरिएको छ ।
उनीहरुलाई कोठमाडौको डल्लुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की रहेका छन्
प्रहरीका अनुसार मञ्जुश्री सप्लायर्सले करिब ५ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँसम्म विक्री गर्न खोजेको थियो । र खुद्रामा ५० रुपैयाँ प्रति पसि बेच्ने तयारी रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।