विराटनगर, चैत २४
वडाध्यक्ष तथा सर्वदलका नेता मिलेर राहतको खाद्यान्य समाग्री घोटाला गर्ने गरेको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलले आशंका व्यक्त गरेका छन् । सोमबार शनिबार एक रेडियोमा अन्तर्वार्ता दिदै मेयर पराजुलीले स्थानीयस्थरमा वडाध्यक्ष र सर्वदलका नेताहरु मिलेर कसरी अनियमितता गर्छन् भन्ने बारेमा व्याख्या गर्दै विराटनगरमा पनि उही परिपाटिले प्रशय पाएकाे बताएका हुन् ।
आडियाे : कपी राइट दावीका कारण डिलिट गिरीएकाे छ । (चाँडै मेयर पराजुलीकाे भनाइकाे डुप्लिकेट कपी तँपाइ समक्ष प्रस्तुत गर्ने छाै )
मेयर पराजुलीले घुमाउरो पारामा धेरै राहत समाग्री पाउनको लागी विराटनगरका वडाध्यक्षहरुले फर्जी नाम सिफरिस गर्ने गरेको बताएका छन् । वडामा ठलो शंख्यामा विपन्न नागरिक भएको फर्जी डाटा देखाएर आवश्यकता भन्दा धेरै राहत समाग्री मगाउने गरेको मेयर पराजुलीले सर्वदलका नेता तथा वडाध्यक्ष माथि आरोप लगाएका छन् ।
के भनेका थिए भिम पराजुलीले जस्ताकाे तस्तै
“एउटा परिपाटि के छ भन्दाखेरी सर्वदलीय हिसाबमा नाम संकलन गर्नुपर्छ वडाध्यक्षको नेतृत्वमा त्यसपछि स्थानीय जनप्रतिनिधि पार्टिका प्रमुखहरु हुन्छन्,कम्तिमा यो कस्तो हो भनेदेखि नैतिकताको कुरा हो इमानदारीताको कुरा हो । तँपाई कुनै वडाको वडाध्यक्ष हुनुहुन्छ सर्वपक्षिय रुपमा नाम संकलन गरेर ल्याउनु भयो भने नगरपालिकाले त रोक्न सक्दैन, हामीसँग रोक्ने आधारपनि हुदैन, तँपाईले संयुक्तरुपमा छलफल गरेर ल्याएको विषयहरु हो । त्यौ चै मैले(वडाध्यक्ष) के गर्न भन्ने मेरो (वडाध्यक्ष) नैतिकताको विषय हो ।”