०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (11 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 184800
Silver 1 Tola Nrs. 1960

कालोबजारी गर्नेलाई छुटाउन मन्त्री स्वयम सक्रिय, राज्यमन्त्री ढुगड सिफारिस लिएर पुगे प्रधानमन्त्री निवास

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

काठमाडौं, २६ चैत

कोरोना भाइरसको महामारी फैलिन नदिन राज्यले लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोक्नका लागि चिकित्सक र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने मेडिकल सामग्रीको अभाव छ । तर यही अभावको मौका छोपेर कमाउने धुनमा ३ हजार ५ सयको थर्मोगनलाई १५ हजारदेखि २२ हजार रुपैयाँसम्म बिक्री गर्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा शंकर गु्रुपका संचालक अरबपति ब्यापारी सुलभ अग्रवाल मंगलबार पक्राउ परेका छन् ।

उनलाई बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्यादथप गरेको छ । उनलाई छुटाउन मंगलबारदेखि नै ब्यापारीहरु सक्रिय भएका छन् ।राष्ट्र सकंटमा परेको बेला मेडिकल उपकरणमा कालोबजारी गर्ने ब्यापारी अग्रवाल छुटाउन उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड पनि सक्रिय भएका छन् । मारवाडी समुदायले उनीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै पहुँच पु¥याएर अग्रवाल छुटाउने पहल गरेको छ । राज्यमन्त्री दुगड बुधबार बिहानै अग्रवालका बाबु शंकर गोल्यानलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनी करिब १०.३० बजेसम्म बालुवाटारमै प्रधानमन्त्री ओलीलाई भेट्न प्रतीक्षारत थिए । तर प्रधानमन्त्रीलाई भेटे नभेटेको भने स्रोतले पुष्टी गर्न सकेन ।

शंकर गोल्यानका छोरा सुलभ अग्रवाल र साहिल अग्रवाल दुवैले कोरोनाको महामारीका बेलामा मेडिकल आपूर्तिको कालोबजारी गर्दैआएका थिए । सुलभलाई प्रहरीले ग्राहकको भेषमा पक्राउ गर्न सफल भएको थियो । चैत २० मा चीनबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याएको मेडिकल उपकरण नै अग्रवालले कालोबजारीमा बिक्री गर्दैआएका थिए । चैत २२ मा त्रिपृुरेश्वरका विशाल सर्जिकल, तिरुपति सर्जिकल र कृष्ण इन्टरप्राइजेजबाट २२ हजार रुपैयाँसम्म थर्मोगन र ७ सयमा मास्क बिक्री भइरहेको सूचना अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकोमा पुग्यो । त्यसपछि अनुसन्धान गर्दै जाँदा प्रहरी कालोबजारीको नाइक सुलभ अग्रवालसम्म पुग्यो । उनीसँग थर्मोगन खरिदको डिल गरी ग्राहक भनेर मंगलबार पक्राउ गर्न सफल भएको थियो । चैत २० मा चीनबाट मेडिकल उपकरण ल्याउन नेपाल वायुसेवा निगमको विमान चार्टर गर्ने चौधरी फाउन्डेसन थियो ।

 

 

 

 

 

 

 

 

नेपालफेस डट कमबाट ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]