०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (11 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 184800
Silver 1 Tola Nrs. 1960

बराहले राहत वितरण गरेकाे हल्ला फैलाउने काेे ? बराहकै संचालक तानिए शंकाको घेरामा

Logo
प्रकाशित शनिबार, चैत्र २९, २०७६

✍हिमालजंग खड्का
धरान, चैत २९
कोभिड १९ जस्तो महामारी फैलिरहेको अवस्थामा नेपालका धनाडियहरु दुलो पसेको खबरहरुले पछिल्लो समय नेपाली मिडिया तताईरहेको छ । कारोनाविरुद्ध लड्न कसैले ठुलै धनराशीे सहयोग माग्ला की भन्ने डरले मुसा दुलो पसे झैं नेपालका धनाडियाहरु घर भित्रै लुकेर बसेको हुनसक्ने खाल्का विभिन्न तर्कहरु मिडियामार्फत बाहिर आइरहेका छन् ।
धनाडियहरुको यस्तो लोभौटे स्वाभावले नेपाली मिडिया तताईरहेको बेला केही भाग्यमानी धनाडियहरु यस्तो आक्षेप लाग्नबाट जोगिएका छन् । यस्तै भाग्यमानी धनाडियको लिष्टमा मुलुककै ठुला व्यवसायी मानबहादुर विश्वकर्माको नाम समेत पर्न सफल भएकाे छ । विश्वकर्मा बराह ग्रुप अफ इण्डष्ट्रिजका संचालक हुन् । उनको गृहनगर सुनसरीको धरान उप महानगरपालिका हो । मुलुकमा यत्रो ठुलो विपत आईरहदा बराहले हालसम्म कोरोना विरुद्ध लड्न एक फुटी कौडी सहयोग गरेको छैन । हुनत विपदको बेला कसैले धनसम्पती दान वा सहयोग गर्नुपर्छ भन्ने राज्यको कुनै बाध्यकारी व्यवस्थता पनि छैन् । तर धरानमा भने अहिले कुनै समुहले बराहले निशुल्क खाद्यान्य बितरण गरिरहेको छ भन्ने हल्ला फैलाईरहेको छ । जुन कुराले बराहको संचालकलाई नै शंकको घेरामा तानेको छ ।

हल्ला फैलियो कि फैल्याईयो ?
बराह समुहको धरानमा एक सपिङ कम्पेक्स समेत छ । उक्त सपिङ कम्पेक्सले अहिले धरानमा उपोभोक्तको घरघरमा सशुल्क खाद्य समाग्रीख (दाल,चामल,चिनी आदी) पुर्‍याइरहेकाे छ । बराहले पैशा लिएर उपोभोक्तलाई समान दिईरहेको भएता पनि, अहिले धरानामा बराहद्धारा धरानबासीलाई निशुल्क खाद्य समाग्री वितरण भईरहेको झुठो हल्ला फैलाईएको छ ।
ठुलो अक्षरले बराह लेखेको डेलिभरी भ्यान धरानको बाटोमा कुदेको देख्दा आम सर्वसाधरण अहिले निःशुल्क राहत बाड्न बराहको भ्यान हिडेको बुझ्दछन् । तर बास्तवमा बराहले अहिले धरानमा दिईरहेको सशुल्क होम डेलिभरी मात्र हो । त्यस्तै बराहले धरानमा निशुल्क पानी वितरण गरिरहेको समेत हल्ला छ फैलाईएको छ । तर सो समुहले पानिको पनि सशुल्क मात्र कारोबार गर्दै आएको छ ।
यस्तो झुठो हल्ला फैलाउने काम बराहको संचालकबाट नै भएको स्रोत बताउँछ । आर्थिक सहयोग पनि कसैलाई नगर्नु पर्ने र नाम पनि त्यसै कामाईने रणनितिले उक्त प्रोपगाण्डा बराहले नै धरानमा फैलाईएको बुझिएको छ । स्रोतको अनुसार बराहका प्रमुख कार्यकारी निर्देशक गंगा कालीकोट स्वयमले धरानमा यस्तो झुठो हल्ला फैलाउने काम गरिरहेका छन् ।
बराहले सशुल्क डेलिभर गर्ने समानहरुको फोटो समेत खिचेर राख्ने गरेको छ । उक्त फोटोहरु झट् हेर्दा कतै राहत वितरण भईरहेको जस्तो झझल्को दिने खाल्को हुदछ । त्यस्तो फोटो हेरेर समेत धरानवासी झुक्कि रहेको छन् । उक्त फोटो हेरर बराहले निशुल्क राहत बाडिरहेको धरानका सर्वसाधरणले धारणा बनाईरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]