✍मनु बुढाथोकी
काठमाडौं, बैशाख १२
उफ् ! त्यो कालो र फुस्रो दिन बितेको पनि ५ वर्ष भएछ । मौसम पनि लगभग उस्तै छ । पुर्वि लाली छाउदै मुस्कुराएको सुर्यले मध्यदिनको बिन्दुमा प्रबेश गर्दै थियो । आफु भने भान्साको काम भर्खर सकेर पेट पुजा गर्ने तयारी गर्दै थिएँ । दुई दाजुभाईलाई बोलाउन भनेर बाहिर भान्साबाट के पाईला सारेको थिएँ, टेकेका सतह त यसै तलमाथि वरपर गर्दै उफ्रिन पो थाल्यो । अरे, के भयो भन्दै भाई आफ्नो रुमबाट चिच्याउन लाग्यो । उता दाजु भने मैले एक बच्चन के भुकम्प गयो भन्न मात्र भ्याको थे, उनि त उ तल घर मुनिको धोबिखोला पो पुगिसके छन् । यता भाई र म भने रुमबाट एक पाईला सार्न पाको भए त, हैट !
मध्यदिन हुदै गर्दा चर्किएर टल्कनु पर्ने घामलाई कुईरो र बादलले फुसर्याउदै थियो । भक्कानिएर रुन नसकेरे मान्छेको अनुहार जस्तै कालो निला बन्यो प्रकृतिको आकृती । अचानक छर छिमेकमा कोलाहल मच्चियो, भुकम्पको सानो झट्का दिने बित्तिकै थाहा पाउनेहरु घर भित्रबाट निस्केर वरपरका खाली ठाँउहरुमा छरिन पुगे । शनिवारको त्यो दिन बिदाको दिन परेको हुनाले लगभग सबै परिवारका सदस्यहरु घरमै आराम गरीरहेका हुदा हुँन् ।
पहीलो ठुलो झट्का रोक्किएसी बल्ल म भाईलाई लिएर बाहिर निस्किएँ । घर अगाडिको लगभग ५ रोपनी खाली जग्गामा वरपरका छरछिमेमीको ठुलो भिडभाड लागेको थियो । कोहि कोहि त भर्खर नुहाउदैँ गरेका हुँदाहुन् , टावेलमा मात्र चिसो ज्यान लिएर बाहिर निस्किएकाऽ बिचरा । त्यस्तै,कोहि भने छाति पिटी पिटी रोएरहेका थिए,सायद आफन्तिको के भयो भन्ने पिरले होला ।
त्यो घट्नाले एकैछिनमा मानव अस्तित्व तहसनहस पारिदियो । मानिसको घर तथा संरचनाहरु भकाभकी ढल्न थालेको देशको कुनाकाप्चाबाट खबर आउन थाल्यो । खोला मिचेर बानाईएका घरहरु, कमजोर घरहरु र कति त बलियै घरहरुपनि काठमाडौंमा डलेको कुरा सुनियो । यता हामी बस्ने घर नजिकैको सात तल्ले घर पनि भत्किएको भन्ने गाँईगाँई गुईगुईँ हल्ला चल्यो । हल्लाले सत्यता पनि पायो त्यहाँ संंगीत गर्न बसेका केहि क्रिश्चियन धर्मावलम्बि सहित ८०/९० जनाको एउटै चिहान भएका रहेछन् ।
गाँउ घर देखि शहर बजार तथा पुरै देश हल्लाउने सामर्थ बोकेर गएको त्यो भुकम्पले देशभर लगभग १२ हजार भन्दा बढि मानिसहरुको अस्तित्व मेटाईदियो । त्यस्तै ठुलो संख्यामा मानिसहरु घाईते पनि भए ।
यस अगाडि बिंस १९९०मा जमिन फाट्ने गरी भुकम्प जाँदा अब प्रलय हुन्छ भनेर आम मानिसमा ठुलो सन्त्रास फैलिएको थियो रे, त्यो ईतिहासलाई उछिन्दै २०७२ साल बैशाख १२ ले फेरी अर्कौ कालो र फुस्रो दिनको रेकर्ड राख्यो ।
आजको ठिक ५ बर्ष अगाडिको त्यो भयावह घटनाले देश रोएको थियो ,आज बिश्व रोईरहेको छ अति भयानक कारोना भाईरसका कारण । फरक यती मात्र छ, त्यो दिन मानिसहरु घर बाहिर कोलाहल र चिचयाहट को सन्त्रासमा थिए र आज घर भित्रको त्यो सुन्यता र मौनता भित्रको बडो अजँगको सँत्रासमा ।
मानब जगतमा आउने गरेका यस्ता भयाबह घट्नाहरु प्राय मानिस आफैले सृजना गरेका हुन्छन् ,चाहे जानेर होस् वा नजानेर । आधुनिक र बैज्ञानिक युगमा छलाङ मार्दै गर्दा हामी मानिस कतै बढि नै “मटेरीयालिस्टक” बन्ने रहले यो दिनहरु भोगिरहनु परेको छ । भईपरीरुपी प्राकृतीक बिपदलाई रोक्न त नसकिएला तर यस्ता भईपरीबाट पाठ सिक्दै आगामी दिनहरुमा मानवबाट भएका कमि कमजोरीलाई सुधार्न सकियोस् । भनिन्छ नि , ’एभ्रिथिङ ह्यापन्स फर ए रीजन’ भनेर । सायद, यो दिन भनेको मानब जातीलाई प्रकृतिले दिएको मौका मान्न सकिन्छ ।
संयोगले त्यो भुकम्प गएको दिन खाना बनाईसक्दा ११ः५५ भएको थियो ,आज खाना खाईसक्दा ११ः५५ भएछ । अचानकको संयोग देखेर यति लेख्न मन लाग्यो ।