०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

बलात्कारको घटना झण्डै पर्याे ओझेलमा

घटना बाहिर नल्याउन पञ्चायतको दबाव , प्रहरीले गर्यो घटनाको पर्दाफास
Logo
प्रकाशित सोमबार, साउन १३, २०७६

विराटनगर, साउन १३
अशक्त किशोरीलाई सामूहिक बलात्कार गर्ने अभियोगमा दुई जानालाई प्रहरीले प्रक्राउ गरेको छ ।
उक्त घटना संलग्न भएको भन्द प्रहरीले रङ्गेली ९ संखुवाथान बस्ने २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अर्का अभियुक्त २३ वर्षीयका सुनील चौधरी भने फरार छन् । प्रक्राउ परेका दुईजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको र फरार चौधरीको भने खोजी भईरहेको मोरग प्रहरीले जानकारी दिएको छ ।
पीडीत पक्षका अनुसार गत असार २० गते मोरङको रंगेली नगरपालिका–९ सखुवाथान बस्ने १६ वर्षीय अशक्त किशोरीलाई तीनजनाले सामूहिक बलात्कार गरेका थिए । त्यस लगतै गाउँमै भएको पञ्चायतीले १ लाख ५० हजार क्षतिपूर्ति उपलब्ध गराईदिने सहमति गराउदै पीडित परिवारलाई घटना बाहिर नल्याउन दबाव दिए ।
मिलापत्र गरी घटना सामसुम पार्न खोजीएको थाहपाए लगतै प्रहरीले आफ्नो कारवाही अगाडी बढाएको थियो । प्रारभिक अनुसन्धानका अनुसार अभियुक्तहरुले राति करिब ८\९ बजेको समयमा शौचालय गर्न निस्किएकी किशोरीलाई घर नजिकैको धान कुट्ने मिलमा लगेर सामूहिक बलात्कार गरेको थिए । अशक्त किशोरीको श्रवण र वाक श्रमता सुस्म रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]