✍झापा, खेम पौडेल
कोरोना भाइरसबाट संक्रमितका सम्पर्कमा आएका झापाको बाह्रदशी गाउँपालिकाका ६२ जना व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको उक्त परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
यी ६२ जना बाह्रदशीका संक्रमित मुसलमान जमातीका सम्पर्कका आएका थिए ।