काठमाडाैं, वैशाख २४
✍अशाेक कुमार जाग्री
चिनको हुवेई प्रान्तबाट सुरु भएको नोबेल कोरोना भाईरस जनवरी २०२० मा महामारीको रुपमा फैलिसकेको थियो । उक्त भाईरसको संक्रमण नेपाल लगाएत धेरै देशहरुमा फैलिसकेको छ र बिश्वभर यसबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघेको हालको तथ्याङ्क रहेको छ । भाईरसको संक्रमणले मानविय जनजिवन चिन्ताग्रस्त बनिरहेको छ । पछिल्लो समय उक्त भाईरसलाई कोभिड १९ नामाकरण गरिएको छ ।
भाईरसबाट नेपालमा आजसम्म ९९ जना संक्रमित भएको पुष्टि भएको छ । नेपाल सरकारले भाईरसबाट संक्रमण हुन नदिन विभिन्न क्षेत्रमा क्वारेन्टाईन र देशभर लकडाउन गरीरहेको सबैलाई सर्बबिधितै छ । साथै संक्रमण देखिएका स्थानहरु सिलबन्धि समेत गरीएका छन् ।
केहि महिना अगाडि विश्व स्वास्थ्य संगठनले यो रोगको संक्रमण बारे बिश्वब्यापि स्वास्थ्य आपतकालिन घोषणा गरेको थियो । जबकि, यो भाईरस छिटो र आक्रमक तरीकाले बिश्वब्यापि फैलिदै गएकोले बिश्व स्वास्थ्य संगठनले माहामारी घोषणा गरेको थियो ।
यो भाईरस कुनै नँया भाईरस होईन, सन् २००२ मा चिनमा फैलिएको एस्आरएस(SARS) र सन् २०१२ को एमईआरएस(MERS) र कोरोना भित्रकै समुहहरुको एउटा ठुलो सदस्य हो । जुन जनावर र मानिस बिच सर्ने गर्दछ ।
बिश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाईरसले ज्वरो रुघाखोकी र फोक्सोमा निमोनिया निम्त्याई मानिसको मृत्यु हुने गर्दछ ।
कोरोना भाईरसको स्रोत
अहिले सम्म यसको मुल श्रोत पहिचान नभएता पनि बैज्ञानिकहरुले यसको सम्भावित कारण चिनको हुवाई प्रान्तको समुद्रि खाना तथा पशु बजारमा चमेरा ,कोब्रा सर्प, वन्यजन्तु जस्ताका उपभोगबाट भाईरसको एस्पोज हुने बताएका छन् ।
लक्षणहरु
प्रारम्भिक लक्षण जस्तै ज्वरो १०४ डिग्री भन्दा बढि हुनु , सुक्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु , थकान लाग्नु आदि हुन् ।
रोकथाम के हो ?
यसको कुनै उपचार छैन । तर भाईरसले निम्त्याएको धेरै लक्षणहरुको भने उपचार गर्न सकिन्छ । यो रोग लाग्ने बित्तिकै बिरामीको मृत्यु भईहाल्दैन । अहिलेसम्म कुनै पनि एन्टिबायोटिक औषधि कोरोना भाईरसको लागि प्रभावकारी साबित भएको छैन । यसको खोप भने विभिन्न देशमा ट्राइलको रुपमा तयारी भईरहेको छ । यस भाईरस् रोकथामका लागि निम्नलिखित कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
अल्कोहल युक्त स्यानिटाईजर प्रयोग गर्ने ।
कम्तिमा २० सेकेण्डसम्म साबुन पानिले हात मिचिमिची धुने ।
खोक्दा वा हाच्छिँयु गर्दा रुमालले मुख छोपेर गर्ने ।
रुघाखोकी लागेको ब्यक्तिको नजिक नजाने ।
पशुपंछिहरुको असुरक्षित सम्पर्कबाट टाढा रहने ।
माछा मासु राम्रोसंग पकाएर मात्र खाने ।
प्रशस्त मात्रामा गेडागुडिहरु खाने , आदि ।
स्वास्थ्य समाग्रीकाे अभाव
यो संकटको घडिमा सरकारले स्वस्थ्यकर्मीहरु प्रति विशेष तरीकाले जोड दिनुपर्ने देखिन्छ । नेपालमा स्वास्थ्य प्रति अझै पनि लापर्वाहि गरेको पाईन्छ । किनकी देशभरिका सबै जिल्लाहरुमा आवश्यक स्वस्थ्य समाग्रीहरु प्रयाप्त मात्रामा आजसम्म पुग्न सकेको छैनन् । दिनहुँ प्रयोग हुने स्यानिटाईजर ,ग्लोभ्स ,मास्कको पनि अभाव देखिएको छ । यस्तो संकटको अवस्थामा आफ्नो ज्यानलाई धरापमा राखेर खटिएका कर्मचारीहरुलाई आवश्यक सामाग्रीहरुको अभाव देखिन्छ । यी कुराहरुलाई सरकारले मध्यनजर गर्दै आवश्यक सामाग्री उपलब्ध गराउनुपर्ने देखिन्छ ।